• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनु स्वागतयोग्य : मसाल


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पृथ्वी नारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

    Advertisement

    नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको उच्च योगदान रहेको भन्दै मसालले एकीकरणकर्ता पृथ्वी जयन्तीमा बिदा नदिने विगतका सरकारको गल्ती वर्तमान सरकारले सच्याएको बताएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा पृथ्वीजयन्तीमा बिदा दिनु उनीप्रतिको सम्मान भएको स्पष्ट पार्नुभएको छ । सार्वजनिक बिदाका लागि सबैभन्दा बढी पहल राप्रपाले गरेको उल्लेख गर्दै सिंहले राप्रपाको भूमिका भने राजतन्त्र पुनर्स्थापनाका लागि भएको भन्दै सचेत रहनसमेत आग्रह गर्नुभएको छ ।

    यस्तो छ वक्तव्य
    सरकारले पृथ्वी जयन्तीको दिन पुष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यो निर्णयलाई हाम्रो पार्टीले स्वागत गरेको छ । हाम्रो पार्टीले पनि पहिलेदेखि नै पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको थियो । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका रहेको छ । त्यसैले उनको जन्मजयन्तीका दिन सार्वजनिक विदा दिनु उनको त्यस प्रकारको ऐतिहासिक भूमिकाका लागि सम्मान गर्नु नै हुन जान्छ । यो खुसीको कुरा हो कि उनको जन्मजयन्तीका दिन सार्वजनिक विदा नदिएर गत सरकारहरूले जुन गल्ती गरेका थिए, त्यो गल्तीलाई वर्तमान सरकारले सच्याएको छ र त्यसका लागि हामीले वर्तमान सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।

    यो वास्तविकतातिर पनि हाम्रो पार्टीको ध्यान गएको छ कि सरकारद्वारा पृथ्वी जयन्तीका दिन सरकारलाई सार्वजनिक बिदा दिने निर्णय गर्न लगाउनेका पछाडि मुख्य रूपले राष्ट्रिय प्रजातन्त्र पार्टीको भूमिकाले नै काम गरेको छ । तर यो कुराप्रति पनि हाम्रो ध्यान छ कि उनीहरूको त्यस प्रकारको भूमिकाको पछाडि राजतन्त्रको पुनस्र्थापनाका पक्षमा वातावरण तयार पार्ने उद्देश्यले नै काम गरेको छ । नेपालको एकीकरणमा पृथ्वी नारायण शाहको सकारात्मक र ऐतिहासिक भूमिका रहेको छ । उनको त्यस प्रकारको भूमिकाको अभावमा नेपाल राष्ट्रको अस्तित्व नै आउने थिएन्, जसको लागि अहिले हामीलाई गर्व छ । पृथ्वीनारायण शाहको भूमिकाका कारणले जुन राष्ट्रियताको निर्माण भयो, आज त्यसमाथि विभिन्न साम्राज्यवादी शक्तिहरूले कैयौँ दिशाबाट हमला गरिरहेका छन् र त्यो राष्ट्रियताको रक्षा गर्नु आज हाम्रो अहम् दायित्व बनेको छ । यदि पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माण नगरेको भए नेपालको राष्ट्रियताको प्रश्न नै उठ्ने थिएन ।

    तर पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माण गरेपछि लामो इतिहास बितिसकेको छ । त्यसपछि शाहवंशीय राजाहरूले नेपालमा कैयौँ प्रकारका निरङ्कुश, जनविरोधी वा प्रतिक्रियावादी कारबाहीहरू गर्दै आएका छन् । त्यस सन्दर्भमा तीस वर्ष लामो निरङ्कुश र पञ्चायती तानाशाही व्यवस्थाको कालो इतिहास पनि हाम्रा अगाडि छ । राजावादीहरूले पृथ्वीनारायण शाहलाई अगाडि सारेर विश्वस्तरमा र नेपालमा पनि प्रतिक्रियावादी बनिसकेको राजतन्त्रलाई पुनस्र्थापना गर्न चाहन्छन् । पृथ्वीनारायण शाहको नेपालको एकीकरणमा रहेको उच्च र ऐतिहासिक भूमिकालाई सम्मान गर्दागर्दै पनि उनको आडमा गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनर्स्थापना गर्ने सबै प्रतिक्रियावादी प्रयत्नहरूको हामीले दृढतापूर्वक विरोध गर्दछौँ ।

    २०७९ पुष २७ गते
    मोहनविक्रम सिंह
    महामन्त्री

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.