काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताउनुभएको छ ।
उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महशुस अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचेपनि अझै आत्मलोचना हुन नसकेको बताउनुभएको हो ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाउन भयो ।
उहाँले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्नेकुरामा नलाग्न सचेत गराउनु भयो । उहाँले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले अर्को सकरार विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधि सभा विघटन नपाउने स्पष्ट पार्नुभयो ।