विराटनगर । प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा मंगलबार बसेको बैठकले समामुखको निर्वाचनको मिति तय गरेको हो ।
सत्तारूढ दलले प्रदेश १ प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई उम्मेदवार बनाउने सहमति गरेका छन्। ओखलढुंगा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी भएको हो।
प्रदेश सभा सचिवालयले सभामुखको उम्मेदवारका लागि कार्यतालिका आज सार्वजनिक गर्नेछ । प्रदेश १ मा सभामुख माओवादीको भागमा परेको छ। प्रदेश सभा बैठकको कार्यतालिका अनुसार आजै सभामुखको उम्मेदवारको मनोनयन हुने छ।
मण्डलको अध्यक्षतामा बसेको प्रदेश सभा बैठकमा सरकार गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए।