पोखरा । जातीय विभेदको आरोप लागेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् ।
Advertisement
दलित महिला वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको उजुरीपछि कास्की प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
पुस १८ गते भएको बजेट लक्षित महिला समूहको भेलामा वडाध्यक्ष भरतबहादुरले मैयामाथि अपशब्द प्रयोग गर्दै गाली गरेका थिए । मैयामाथि उनले यसअघि पनि यस्तै व्यवहार गर्दै आएको उजुरीमा उल्लेख छ।
मैयाकै उजुरीको आधारमा पक्राउ परेका अधिकारीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको जातीय दुर्व्यवहार र भेदभावविरुद्ध कानून अनुसार ५० प्रतिशत बढी सजाय माग गरिएको छ।