काठमाडौं । सरकारले पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Advertisement
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सात दलीय गठबन्धन सरकारमा जानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो। राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा मनाउनुपर्ने शर्त राखेको थियो।
नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले १६ वर्षअघि पृथ्वी जयन्तीको बिदा कटौती गरेको थियो ।