विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।
Advertisement
प्रदेश प्रमुख परशुराम खापुङले आज एमाले संसदीय दलका नेता समेत रहनुभएका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
उहाँलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ २(१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
झापा क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।