पोखरा । पोखरा उच्च अदालतले नाबालिग बताल्कार मुद्दामा ७१ वर्षीय एक वृद्धलाई १९ वर्ष जेल सजाय सुनाएको छ ।
Advertisement
पोखरा महानगरपालिका २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई उच्च अदालतले कैद सजाय तोकेको हो । उनलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।
तिवारीले अपाङ्गता भएकी नावालिगलाई जबरजस्ती करणी गरेको अभियोग थियो । २०७६ साउन ७ गते घटना भएको सो घटनामा जिल्ला अदालत कास्कीले २०७७ असोज २७ गते उनलाई सफाइ दिएको थियो ।
सफाइ दिने फैसलापछि तिवारी छुटेका थिए । तर उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाई १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको थियो।