• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भूमिकास्थानको पर्यावरणमा असर पार्ने चुनढुंगा उत्खनन गर्न दिँदैनौँ : नगरप्रमुख थापा (भिडिओ)


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले पर्यावरण र जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी चुनढुंगा उत्खनन गर्न नदिने बताउनुभएको छ ।

    Advertisement

    नगरपालिकाको वडा नं ९ सानाडेभामा विजय सिमेन्ट प्रालिले चुनढुंगा उत्खननका लागि चलखेल गरिरहेको भन्दै उहाँले चुनढुंगा खानी सञ्चालन गर्न नदिने स्पष्ट पार्नुभएको हो ।

    केही व्यक्तिको व्यक्तिगत जग्गा खरिद गरेर र स्थानीयलाई प्रलोभनमा पारेर सो उद्योगले चुनढुंगाका लागि गरिरहेको चलखेल बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ ।

    ‘विजय सिमेन्ट प्रालिद्वारा विभिन्न प्रकारले त्यहाँका उपभोक्ताहरुलाई प्रलोभनमा पारेर त्यहाँको स्थानीय जग्गा खरिद गरेका छौँ भन्ने ढंगले मान्छेलाई जुन भ्रम सिर्जना गरिएको छ, वास्तवमा निजी जग्गा बेच्न पाउनु उसको नैसर्गिक अधिकार हो’ उहाँले भन्नुभयो, ‘तर, निजी जग्गा बेचेँ भन्दैमा त्यसको प्रभाव, वातावरणीय प्रभाव के हुन्छ भन्ने कुरा पनि त्यत्तिकै बुझ्नुपर्ने हुन्छ । राज्य (नगरपालिका) यसमा चनाखो छ । राज्य यो बारेमा एकदम प्रष्ट छ ।’

    थापाले निजी जग्गा भएपनि एक अर्कालाई पर्ने असर राज्यको दायित्वभित्र पर्ने भन्दै त्यहाँ चुनढुंगा उत्खनन गर्न नदिने स्पष्ट पार्नुभएको छ ।

    थापाले भन्नुभयो, ‘त्यहाँको चुनढुंगा उत्खनन कार्यलाई हामी कुनै पनि हालतमा अघि बढाउन दिँदैनौँ । किन दिँदैनौँ भने यसमा पर्यावरणीय हिसाबले, बाटोको हिसाबले पार्ने प्रभावबारे नगरपालिका प्रष्ट छ । र, अझ त्यहाँ चारवटा खानेपानीका मुहान भएका कारणले चारवटा खोपानी आयोजना उपभोक्ता समितिका मान्छेहरु निवेदन लिएर उत्खनन गर्न पाइँदैन भनेर नगरपालिकामा डेलिगेसन लिएर आइसक्नुभएको छ । त्यसकारण त्यो डेलिगेसनमाथि पनि सिंगो भूमिकास्थान नगरपालिकाको ध्यानाकर्षण भएको छ ।’

    थापाले त्यहाँ रहेका चारवटा खानेपानी आयोजनाका मुहान, त्यहाँको बस्ती तथा पर्यटन हबको विकासका लागिसमेत चुनढुंगा उत्खनन उपयुक्त नहुने स्पष्ट पार्नुभयो ।

    उहाँले आफूहरु विकासविरोधी नभएको भन्दै चुनढुंगा उत्खनन गर्न कुन ठाउँ उपयुक्त छ भन्ने कुरा गहिरो अध्ययन गरेर उपयुक्त ठाउँमा जान पनि विजय सिमेन्टलाई आग्रह गर्नुभयो । जनतालाई तत्कालिन र दीर्घकालिन रुपमा असर पार्नेगरी, भावी सन्ततीलाई खण्डहर भूमिकास्थान हस्तान्तरण गर्नेगरी आफूले काम नगर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

    (भिडिओ : अजय केसी/सामाजिक सञ्जालबाट)

    https://www.yugdarshan.com/wp-content/uploads/2023/01/324580922_139288965638475_5250441855045367676_n.mp4

     

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.