जनकपुरधाम । दाइजोका कारण श्रीमतीमाथि घरेलु हिंसा लागेका डा. पंकज चौधरीलाई पुर्पक्षका लाथि थुनामा पठाइएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का डा. चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
Advertisement
चौधरीकी श्रीमती नेहाले दाइजो मागेर आफूमाथि घरेलु हिंसा गरेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
गतवर्ष मात्रै विवाह भएको केही महिनापछि नेहाले श्रीमान पंकजले दाइजोका लागि प्रताडित गर्दै आइरहेको आरोप लगाएकी थिइन्।