दैलेख । दैलेखमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक दुल्लु नगरपालिका–३ सियालाका धनबहादुर बुढा रहेका छन्।
Advertisement
दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टविन लिई दुल्लु नगरपालिकाको वडा नं ९ को कार्यालयलतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा भएको दुर्घटनामा घाइते चालक बुढाको उपचारका क्रममा दूल्लु अस्पतालमा निधन भएको थियो।
यस्तै, टिपरमा सवार दुल्लु नगपालिका–२ का पुर्णबहादुर थापा र दुल्लु नगरपालिका–७ नगेन्द्र रावत रहेका छन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुल्लु नगरपालिका–९ को गोविधारा नजिक टिपर अनियन्त्रित भई दुर्घटनामा पारेको हो।