• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • जाजरकोट । खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिन्छिन् । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक कार्यक्रम उनको प्राथमिकतामै पर्छन् ।

    Advertisement

    पछिल्लो साता उनी भुवा चाल केन्द्रित छन् । पुस्तौँ पुरानो पर्वलाई जोगाउनका लागि गत साता गाउँमा भुवा सुरू गरेपछि गाउँघरकी महिलालाई जम्मा पारेर हातमा ढाल तरबार बोक्दै भुवा खेल्न थालिन् । शिक्षण पेसामा आवद्ध उनी करिब एक दशकयता स्थानीयस्तरमा मौलिक पर्व जोगाउने अभियानमा छन् । उनी विद्यालयमा पनि बालबालिकालाई स्थानीय भाषा, संस्कृति, संस्कार जोगाउने कुरामा जोड दिन्छिन् ।

    गत सातायता खत्रीवाडा, बासकाटियाँ, माझिगाउँलगायतका गाउँका महिलाको समूहले पाण्डवको विजयोत्सव आफूले पनि मनाउनुपर्ने भन्दै भुवा खेल्न थालेका हुन् ।

    ‘प्राचीनकालीन युद्धमा पनि एक्लैले लडेर पनि सम्भव भएन होला’, उनले भनिन्, ‘पाण्डव र कौरवको लडाइँमा पनि भित्री हात महिलाकै थियो । त्यो बेलाको युद्धमा महिलाले साथ दिन हुने तर अहिले पाण्डवको विजयोत्सवमा महिला किन नहुने भन्दै हामी पनि भुवा चालमा सहभागी भएका हौँ ।’

    द्वापरगुगमा पाण्डव र कौरवको लडाइँपश्चात पाण्डवको विजयीपछि मनाउने पर्वमा भुवामा पुरूषले मात्रै भुवो खेल्दै आएका थिए । सिन्धुघाँटीको सभ्यतादेखि फैलिँदै आएको हिन्दू समुदायमा पुरूषलाई फरक क्षमता भएको देखाउन पनि समुदायले महिलालाई बन्देज गरेको थियो ।

    ‘थाहा पाउने उमेरदेखि नै आफ्नो रहरलाई थन्क्याउँदै पुरूषले खेलेको भुवोमा रमाउँदै आएका थियौँ’, स्थानीय धनलक्ष्मी खत्रीले भनिन्, ‘अब समय फेरिएको छ । महिलालाई फरक तरिकाले हेर्ने नजर बदलिँदै गएका छन् । संस्कार, संस्कृति, परम्परालाई जोगाउन पुरूषभन्दा महिलाको जिम्मेवारी बढी हुँदै गएको महसुस पनि भइरहेको छ ।’

    उनका अनुसार अहिले धेरै गाउँहरू पुरुषविहीनजस्तै छन् ।

    ‘परदेशमा जाने पुरुषको सङ्ख्या बढी छ । गाउँघरमा जन्तीदेखि मलामी नपाउने अवस्था भइसक्यो । बालबालिका, वृद्ध र महिलाको सङ्ख्या मात्रै गाउँमा छ । अब पुरुषले गर्ने हरेक काम महिलाले गर्नुपर्ने बाध्यात्मक परिस्थिति नै आइसक्यो’, उनले भनिन् ।

    खप्तडछान्ना –४ की सरस्वती रोकायाका अनुसार समाज परिवर्तन आफैँबाट सुरू गर्नुपर्छ ।

    ‘महिलाहरू चुलोचौकामा मात्रै सीमित होइन, हरेक गतिविधिमा अगाडि सर्नुपर्छ’, उनले भनिन्, ‘हरेक पर्वहरू हेर्ने हो भने पनि महिलाबिना शोभा नै देखिँदैन । त्यसैले घरदेखि चुलोचौकासम्म नै महिलाको उपस्थिति अति आवश्यक छ ।’ पर्वहरूमा सामेल गराएजस्तै अन्य ठाउँमा पनि महिलालाई सहभागिता गराउनुपर्ने उनले बताइन् ।

    ‘देउता रिसाउने भन्दै महिलाले चाहेर पनि भुवा खेल्न पाएका थिएनन्’, खप्तडछान्ना गाउँपालिका–४ का पुष्पराज रोकायाले भने, ‘अहिलेको पिँढी महिलालाई कुनै ठाउँमा पनि बन्देज गर्नुहुँदैन भन्ने पक्षमा छ । त्यसैले यस पर्वमा पनि महिलाई सहभागी गराइएको हो ।’
    उनका अनुसार राज्यले पनि महिला भन्दैमा आरक्षण कोटामा खुम्च्याउनु हुँदैन । प्रतिस्पर्धामा जाने हो भने महिला कुनै कुरामा पनि कम नहुने उनले बताए ।

    ‘अहिले खप्तडछान्नामा महिलाले खेलेको भुवाको आकर्षण नै बेग्लै छ’, उनले भने, ‘ढाल तरबार छुनै नपाउने महिलाहरू पहिलो दिन अनुभव गर्दै दोस्रो दिनदेखि मौलिक पोशाकमा सजिएका महिलाको भुवानाच कुनै पुरुषको भन्दा कम थिएन ।’

    भुवापर्व लयात्मक शैलीमा भट्याउँदै ढाल तरबारले चालमा नाच्ने पर्व हो । पाण्डवहरू वनबास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयवासीको सहभागिता जुटाएको भन्ने किंवदन्ती छ । त्यसैअनुसार विभिन्न गाउँमा भुवापर्वको आयोजना गरी युद्धाभ्यास गराएको कथा पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ ।

    हरेक गाउँमा मनाइने भुवापर्वको समयमा केही घटना घटे वा त्यस समयमा परिवारमा कसैको ज्यान गए सो समुदायले आफूलाई अशुभ हुने जनाउँदै मनाउन छाडेको स्थानीय माधव जोशीले बताए । (रासस)

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.