नोम्पेन्ह । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।
Advertisement
बिहीबार यहाँका सुरक्षा अधिकारीले सो जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुुसार १९ जनाको ज्यान गएको र अरू केही घाइते भएको बताएका छन् ।
प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । प्रतिवेदनमा २३ जना जलेर गम्भीर घाइते भएका र अरू ५० जना सामान्य घाइते रहेका छन् । होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसलाई लागेपछि उनीहरूको जलेर मृत्यु भएको बताइएको छ ।
सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरू कुनै कोठामा निसास्सिएर रहेको हुन सक्ने बताएको छ । (रासस/सिन्ह्वा)