• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अफगानिस्तान र इरानका महिलाको अवस्थाबारे ध्यानाकर्षण


  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घले अफगानिस्तानमा महिलाको अवस्था तथा इरानमा महिलाले चलाएको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । सङ्घले अफगानिस्तानमा महिलाको मानव अधिकारको रक्षा गर्न माग गरेको छ भने इरानमा हिजाब विरोधी आन्दोलनप्रति एक्यबद्धता व्यक्त गरेको छ ।

    Advertisement

    सङ्घकी अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०७९ पुस १२ गते मङ्गलबार जारी प्रेसवक्तव्यमा यस खालको धारणा सार्वजनिक गरिएको हो ।
    वक्तव्यमा अफगानिस्तानमा महिलाको बारेमा सार्वजनिक रूपमा काम गर्न नपाउने तथा विश्वविद्यालयी शिक्षा अध्ययन गर्न नपाउने गरी जारी भएका कानुनको विरोध गरिएको छ । त्यसैगरी, इरानमा लामो समयदेखि चलिरहेको हिजाब (बुर्का) विरोधी आन्दोलनले व्यापक रूप लिएकोप्रति ऐक्यबद्धता जनाइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “पछिल्लो समयमा अफगान सरकारले त्यहाँका महिलाको बारेमा जारी गरेको आदेश र इरानमा त्यहाँका महिलाले चलाएको हिजाब विरुद्धको आन्दोलनप्रति अखिल नेपाल नेपाल महिला सङ्घको गम्भीर ध्यान आकर्षण भएको छ ।

    १. अफगाननिस्तानमा तालिवानीहरूले सत्ता सञ्चालन गरेदेखि नै कट्टरपन्थी इस्लामी कानुन बनाएर महिलाको अधिकार कुण्ठित गरिएको छ । सन २०२१ मा काबुल कब्जा गरेपछि उनीहरू सत्तामा आएका हुन् । त्यसदेखि अहिलेसम्म पटक पटक त्यहाँका महिलाको अधिकार कुण्ठित गर्ने गरी विभिन्न आदेश जारी गर्ने र कानुन बनाउने गरिएको छ ।

    अहिले त्यहाँ महिलालाई आवश्यक कामबाहेक घर छोड्न नपाउने, अनिवार्य रूपमा बुर्का लगाउनुपर्ने, किसोरीहरू स्कुल जान नपाउने, सार्वजनिक कार्यमा सहभागी हुन नपाउनेलगायतका आधारभूत अधिकारबाट वञ्चित गर्ने गरी कानुन लागु भइरहेका छन् भने पछिल्लो समयमा केटीहरू विश्वविद्यालयी शिक्षा लिन नपाउने, सबै स्थानीय तथा गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने निर्णय गरिएको छ ।

    अफगान सरकारको यस प्रकारको निर्णयको अखिल नेपाल महिला सङ्घ घोर विरोध गर्दछ । अफगानी सरकारको उक्त निर्णयले त्यहाँका महिलाको मानव अधिकारको गम्भीर उल्लङ्घन भएको छ; उनीहरू आर्थिक रूपमा परनिर्भर हुने छन् र उनीहरू दैनिक जीवनको हरेक क्षेत्रमा अझ कमजोर हुने छन् । अफगानी महिलाप्रति त्यहाँको सरकारले लिएको यस प्रकारको नीतिनिर्णयप्रति गम्भीर हुन संयुक्त राष्ट्र सङ्घलगायतसित हामी आह्वान गर्दछौँ । अफगानी महिलाको शिक्षा, रोजगार, सार्वजनिक जीवन र उनीहरूको जीवनको सुरक्षाको सुनिश्चितताका लागि हामी जोडदार माग गर्दछौँ ।

    २. इरानमा दसकौँदेखि त्यहाँका महिलाले अनिवार्य हिजाब (बुर्का) को विरोधमा आन्दोलन गर्दै आइरहेका छन् र अहिले पनि त्यो आन्दोलन चलिरहेको छ । २०२२ सेम्टेम्बरमा त्यहाँ २२ वर्षीया महसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको आरोपमा त्यहाँको पुलिसले गिरफ्तार गरेको थियो । पुलिसको चरम यातनाले हिरासतमा नै उनको मृत्यु भएको थियो । खुला रूपमा हिँडडुल गर्न पाउने अधिकारको खिल्ली उडाउने गरी भएका त्यस्ता लाजमर्दो घटनाको हामीले निन्दा गर्दछौँ र उनको न्यायका लागि चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ ।

    इरानमा उनको हत्याको विरोधबाट सुरु भएको आन्दोलन अहिले अनिवार्य हिजाब विरुद्धको आन्दोलनमा परिणत भएको छ । उक्त आन्दोलनका इरानी महिला, विद्यार्थी, प्राध्यापकलगायतको व्यापक सहभागिता छ । न्यायमा सुधार र महिला अधिकारको सुरक्षाको माग गर्दै उनीहरू सडकमा उत्रिरहेका छन् । अखिल नेपाल महिला सङ्घ इरानी महिलाको उक्त न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।”

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.