• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देउवा-प्रचण्ड निर्णायक वार्तामा, प्रचण्डको सचिवालय भन्छ : कांग्रेसले सहमति तोड्यो


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरुलाई दिएको समयसिमा आज (पुस १०) साँझ ५ बजे सकिँदैछ । हालसम्म को प्रधानमन्त्री बन्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

    Advertisement

    सत्ता गठबन्धन दलका नेताहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने अनौपचारिक सहमति बनेपनि को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुरा नमिल्दा गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।

    अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच निर्णयक वार्ता चलिरहेको स्रोतका अनुसार देउवा र दाहाल २/२वर्ष र नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति आन्तरिक रुपमा भएको छ । तर, पहिला देउवा कि दाहाल भन्ने विषयमा कुरा मिलेको छैन ।

    सत्तागठबन्धनमा जानुअघि प्रचण्डले आफूनिकट नेताहरुसँग अहिले आफूले प्रधानमन्त्री नपाए गठबन्धन टुट्नसक्ने बताएका छन् । प्रचण्डले पछिल्लो समय कांग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएको एक शीर्ष नेताले जानकारी दिए ।

    ‘गठबन्धन लगभग टुट्यो भन्ने हाम्रो बुझाइ छ’ ति नेताले प्रचण्डको भनाई उदृत गर्दै भने, ‘चुनावी तालमेलमा पनि हामीले धोका पाएका छौँ । पहिलो प्रधानमन्त्री पनि हामीले नपाउने भएपछि किन गठबन्धनमा बस्ने ?’

    यसैबीच कांग्रेसले सहमति तोडेको प्रचण्डको सचिवालयले टिप्पणी गरेको छ । सत्ता सहकार्यको लागि कांग्रेस र माओवादीबीच सहमति हुन नसकिरहेको बेलामा दाहालको सचिवालयले यस्तो टिप्पणी गरेको हो ।

    दाहालका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत कांग्रेसको नाम उल्लेख नै नगरी यस्तो टिप्पणी गरेका हुन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘नेपाली राजनितिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ।’

    यता, नेकपा (एमाले) ले भने सत्तागठबन्धनको निर्णय कुरिरहेको जनाएको छ । एमालेले गठबन्धन तोडेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरिरहेको छ भने आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने अवस्था आए राष्ट्रपति पद लिएर भएपनि सत्तामा जाने प्रयास गरिरहेको छ ।

    यद्यपी, राष्ट्रपतिले दिएको बहुमतको सरकार गठन गर्ने समय आज शुक्रबार साँझ पाँच बजेसम्म दलहरुले सहमति गर्न नसके राष्ट्रपतिबाट संसदको ठूलो दलको हैसियतले सरकार गठन गर्न पुनः आह्वान हुने र त्यो अवस्थामा देउवा प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ ।

     

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.