• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुन्तलाको मौसमसँगै भीडभाड सुन्तलाबारी होमस्टे


  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • वालिङ । यतिबेला बोटमा सुन्तला लटरम्म फलेका छन् । विगतका वर्षभन्दा यसवर्ष सुन्तला धेरै फलेकाले पनि बोट झुकेका छन् ।

    Advertisement

    दाना धेरै फलेकाले बोट तथा हाँगालाई आड दिन बोटमा टेका लगाइएका छन् । अग्लो डाँडाको काखमा अवस्थित गुरुङ समुदायको बसोबास रहेको पर्यटकीय गाउँ सुन्तलाबारी । सुन्तलाका बगैँचा, बगैँचाभित्र सफा र चिटिक्क परेका माटोका घर ।

    अन्यबेला सुन्तलाका बोटको हरियाली हुने र यो मौसममा सुन्तला बोटमा पाकेर पहेँलपुर छ । हेर्दै आकर्षक, मनमोहक अनि बगैँचामै पसेर आँफूले चाहेजति सुन्तला टिपेर खान पाइने भएकाले पनि यहाँ यो मौसममा अरुबेलाभन्दा बढी पर्यटकको भीड लाग्ने गरेको सुन्तलाबारी सामुदायिक (घरबास) होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ बताउनुहुन्छ ।

    यो होमस्टेमा कात्तिकदेखि माघसम्म राम्रो वातावरण हुने भएकाले पाहुनाको आकर्षण बढी हुन्छ, उहाँले भन्नुभयो, यतिबेला सुन्तला बगैँचाभरि लटरम्म सुन्तला फलेर पहेँलै देखिँदा पाहुनाको मन आल्हादित हुन्छ, स्थानीयबासीले गर्ने स्वागतले त झनै आनन्द लाग्छ ।

    यहाँ देशका ठूला शहर तथा गाउँगाउँबाट पनि घुम्न तथा अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यहाँ सञ्चालनमा रहेको होमस्टेकाबारेमा जानकारी लिनका लागि विभिन्न सङ्घ संस्था, अन्यत्रका होमस्टे सञ्चालक तथा विद्यालयबाट आउछन् ।

    यसरी अध्ययन तथा घुम्नकालागि आउने पाहुना यो मौसममा बढी आउनुहुन्छ, उहाँले भन्नुभयो, यो मौसममा झण्डै आधाजसो नै बढी आउनुहुन्छ, यहाँ विशेषगरी शुक्रबार र शनिबार बढी भीड हुने गर्छ ।

    पाहुनालाई साँझ स्वागत गर्ने, स्थानीय परिकार खान दिने, साँझ नाँचगान तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने, बिहान बिदाई गर्ने गरी प्याकेज बनाइएको उहाँले बताउनुभयो । प्याकेजअनुसार प्रतिपाहुनाले रु एकहजार भुक्तानी गर्नुपर्छ ।

    सुन्तलै सुन्तलाले भरिएको बगैँचाभित्र रहेको गाउँ, लटरम्म फलेका पहेँला सुन्तला बगैँचाको मनमोहक वातावरण, छाँगाबरोहण (क्यानोनिङ), गुरुङ समुदायको सङ्ग्रहालय, देशका विभिन्न भागको दृश्यावलोकन गर्न सकिने बूढाकोट भ्यूटावर, मनकामना तथा कान्छी मनकामना मन्दिरसम्म पदयात्रा गर्न सकिने भएकाले पनि यहाँ पाहुनाको आकर्षण बढ्दै गएको दावी उहाँको छ ।

    सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ त्रियासीदेखि करिव सात किलोमिटर दूरी पार गरेपछि यो ठाउँमा पुग्न सकिन्छ । वालिङ नगरपालिका–४ मा अवस्थित सुन्तलाबारी गाउँ गुरुङ समुदायको बस्ती रहेको गाउँ हो । यहाँ ३२ घरधुरी रहेतापनि १२ घरमामात्रै होमस्टे सञ्चालनमा छ । यहाँ ८० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

     

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.