• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै


  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • महादेव अवस्थी, दोधारा चाँदनी ।
    पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ ।

    Advertisement

    कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ ।

    उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन खेतीयोग्य छ । यसमध्ये ५६ हजार छ सय दुई हेक्टरमा मात्रै खेती हुने गरेको छ । कैलालीमा ९० हजार हेक्टर जमिन खेतीयोग्य रहेकामा ८६ हजार चार सय ५० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ ।

    त्यसैगरी पहाडी जिल्लामा कूल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ । यसमा ४२ हजार चार सय १३ हेक्टरमा मात्रै खेती भइरहेको निर्देशनालयले जनाएको छ । त्यसैगरी डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर कूल खेतीयोग्य जमिन रहेकामा २५ हजार पाँच सय हेक्टरमा मात्रै खेती भइरहेको छ । डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर जमिन खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती भइरहेको छ ।

    बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ । त्यसैगरी खाद्यान्न अभाव हुने जिल्ला बाजुरामा २४ हजार तीन सय हेक्टर मात्रै खेतीयोग्य जमिन रहेकामा २० हजार एक सय ५५ हेक्टरमा मात्रै खेती भइरहेको छ ।

    यस्तै ३४ हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती भइरहेको छ । त्यसैगरी दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकामा २२ हजार आठ सय २५ हेक्टरमा मात्रै खेती भइरहेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशको कूल खेतीयोग्य जमिनको ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा सिँचाइ सुविधा रहेको छ ।

    निर्देशनालयका कृषि अर्थविज्ञ टेकेन्द्र ऐरले सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीयोग्य जग्गा बाँझो रहेको र तराईमा खण्डीकरण भइरहेको बताए ।

    ‘सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ । यी जिल्लामा खेतीयोग्य जमिन कम हुँदै जानु बिडम्वना हो ।’ उनले यो समस्या न्यूनीकरणका लागि तीनवटै तहका सरकारले मिलेर एउटा विशेष संयन्त्र बनाएर काम गर्नुपर्ने बताए ।

    कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले बसाइँसराइका कारण तराईका जिल्लामा हरेक वर्ष ५/१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको बताए ।

    उनले भने, ‘धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ केही ठाउँमा नदी कटानले पनि घटेको छ ।’

    माटो बचाउ अभियानका संयोजक हेमबावु लेखकले पहाडी क्षेत्रबाट तराईमा बसाइँसराइ गर्ने परम्पराले खेतीयोग्य जग्मा मासिन थालेको बताउँछन् ।

    उनी भन्छन्, ‘पहाडी क्षेत्रको उर्बरभूमि बाँझो छोडेर तराईमा बसाइ सरी चामल किनेर खाने परम्परा बढदै गएको छ ।’

    बैतडीको पाटन बहुमुखी क्याम्पसका ग्रामीण विकासका प्राध्यापक ज्योतिप्रकाश पन्त पहाडी क्षेत्रमा जग्गा बाँझो रहने समस्या बढ्नुमा कृषिप्रति युवाको रुची नहुनु र कृषिबाट आशातीत प्रतिफल नआउनुलाई मुख्य कारण मान्छन् ।

    उनी पछिल्लो समय युवा विदेश जाने मोहका कारण पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको तर्क गर्छन् । सरकारले पनि जग्गा धितो राखेर दिने ऋण सुविधा सहजरुपमा प्रवाह हुन नसक्दा पनि कृषक निराश भएको उनको भनाइ छ । रासस

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी
    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • २.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • ३.
      सुनसरी घटनाको सन्दर्भमा

    • ४.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ५.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ६.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ७.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ८.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.