सर्लाही । सर्लाहीको हरिवमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । हरिवन नगरपालिका–३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
घर नजिकैको चिरान मिलमा आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्केको हो । गोरीमायाका पति टिकाराम रखाल सोही चिरान मिलमा कामदार छन्।
बिहीबार बिहान मिलभित्र आगो तापिरहेको अबस्थामा अचानक शरीरको कपडामा आगो सल्किँदा गम्भीर घाइते भएकी उनलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
उपचारको क्रममा दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तराईमा बाक्लो हुस्सुका कारण चिसोले जनजीवन प्रभावित बनेको छ ।