दाङ । विवाहमा गरिने भड्किलो खर्च र तामझाम विपरित यहाँका एक जोडीले सामान्य ढंगबाट विवाह सम्पन्न गरेका छन् ।
Advertisement
तुलसीपुर उपमहानगरपालिका–७ की पूजा धिताल र सोही उपमहानगरपालिका–१२ का यज्ञबहादुर बुढाथोकीको विवाह प्रगतिशील ढंगबाट भएको हो ।
पूजा साउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धितालकी छोरी हुन् ।
आफन्तको सामान्य उपस्थितीमा वर–बधुलाई टिका लगाएर माला साटासाट मात्रै गरिएको र कुनै तामझाम नगरिएको अध्यक्ष धितालले बताउनुभयो ।
विवाहमा गरिने फजुल खर्च र भड्किलो परम्परामा सुधार ल्याउन सन्देशसहित यसखालको विवाह गरिएको उहाँको भनाई छ ।