काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने गरि ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाएको छ ।
Advertisement
अध्यक्ष देवेन्द्र कुँवरले बुधबार प्रेसवक्तव्य प्रकाशित गरी सरकारले सत्ता स्वार्थको लागि अदालतमा विचाराधीन “राजनीतिक मुद्दा” फिर्ता लिन सकिने गरिअध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरिएकोप्रति आपत्ति प्रकट गर्नुभएको हो ।
(छैठौं) ले नयाँ जनादेश प्राप्त भैइसकेको स्थितिमा पनि वर्तमान कामचलाउ सरकारको अध्यादेश जारी गरी अपराधीहरुलाई निसर्त छोड्ने कानुन ल्याउन खोज्नु आफैमा गैरकानुनी कार्य भएको बताएको छ ।
यस्तो छ वक्तव्य :
