पाल्पा । पाल्पामा नवजात शिशु मृत फेला परेको छ । रामपुर नगरपालिका ५ बसपार्क नजिक सिंचाइ नहरमा एक/दुई दिनको जस्तो देखिने शिशु फेला परेको हो ।
Advertisement
शालनालसहित फेला परेको बालिकाको शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।