• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

‘पीत पत्रकारिता’ विरुद्ध प्रेस काउन्सिलमा उजुरी


  •   सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का विरुद्ध श्रृंखलाबद्धरुपमा झुठा समाचार सम्प्रेषण गर्ने पत्रिका विरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरिएको छ । सोमबार नेकपा (मसाल) का तर्फबाट प्रवक्ता रामप्रकाश पुरी र राष्ट्रिय जनमोर्चाका तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले उजुरी दर्ता गराउनुभएको हो ।

    Advertisement

    उजुरी दर्ता गरेपछि प्रवक्ता पुरीले पार्टी र पार्टीको नेतृत्वविरुद्ध चरित्र हत्या गर्ने विरुद्ध कानुनी उपचार खोजिएको युगदर्शनलाई प्रतिक्रिया दिनुभयो । उहाँले नेकपा (मसाल) ले निस्वार्थरुपमा राष्ट्रियता र जनताका पक्षमा गरिरहेको संघर्षविरुद्ध सञ्चालित देशी विदेशी एजेण्टहरु मसालको उच्च राजनीतिक चरित्रमाथि लगातार हिलो छ्याप्ने प्रयास गरिरहेकाले उनीहरुलाई दुरुत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।

    नेकपा (मसाल) र राजमोले यसअघि उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा दर्ता गरेको छ ।

    ताजाखबर साप्ताहिक नामक एक पत्रिकाले लगातार नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलगायत वरिष्ठ नेताहरुको चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण गर्दै आएको छ भने कतिपय अनलाइनले सो पत्रिकाको नियत नबुझेरै समाचार साभार गर्ने गरेका छन्।

    सो पत्रिकाले ‘प्रचण्डको कमाण्डमा चन्द र भट्टराई फर्कने मन्त्री माग्दै मोहन विक्रम खुमालटारमा’ भन्ने झुट्टा एवम् काल्पनिक समाचार प्रकाशित गरेको र सोही समाचारलाई आधार लिई अनलाइन पत्रिका रिपोर्टस नेपालले पुष २, २०७६ मा र रिपब्लिका दैनिकले पुष २५, २०७६ मा प्रकाशन गरेका थिए।

    यस्तै, सो साप्ताहिकले पुनः पुष १५, २०७६ मा ‘महामन्त्री मोहन विक्रम सिंहले प्रथमतः शुरु गरेर विज्ञप्ती प्रकाशित गर्दै समाचारलाई झुट भने पनि अनौंठो नमाने हुन्छ । किनकी उनी पहिला प्रधानमन्त्री केपी ओलीसंग श्रीमतीलाई मन्त्री बनाई दिन निकै धाए । ओलीले वेवास्ता गरे पछि खुमालटार धाउन थालेको प्रमाण समाचार सुत्रले गोप्य राखेको छ ।’ भन्ने शिर्षकको झुट्टा, काल्पनिक, निराधार एवम असत्य कुराले भरिएको समाचार मुलक लेख प्रकाशित गरको छ ।

    त्यसै गरी सोही लेखमा ‘प्रचण्डले डा. भट्टराईलाई कारवाही गर्दा (रोल्पा फुल्टीवाङ्ग बैठकबाट) उनको बचाउका निम्ति यिनै क्रान्तिकारी सिंह दिल्ली पुगेर एसडी मुनीलाई भेटेको तथ्य हामीसँगै छ ।’ भन्ने जस्तो अत्यन्तै झुट्टा एवम् काल्पनिक समाचार सम्प्रेषण गरेको छ ।

    सो कार्यले पार्टीको गरिमामा आँच आउने तथा पार्टीका जिम्मेवार कमरेडहरुको मानमर्दन गर्ने काम निन्दनीय एवम प्रेश काउन्सिल ऐन २०४८ र पत्रकार आचार संहित २०७३ को खिलापमा भएकोले भन्दै यसको कानूनी उपचारको लागि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम प्रवक्ता तथा सांसद दुर्गा पौडेल र नेपाल कम्युनिष्ट पार्टी मसालको तर्फबाट प्रवक्ता रामप्रकास पुरीले प्रेस काउन्सिलमा निवेदन दर्ता गराउनु भएको हो ।

    सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.