काठमाडौं । काभ्रेको बेथानचोकमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
Advertisement
च्याल्टीबाट बेथानचोक जाँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस बेथानचोकमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
घटनामा कम्तिमा २९ जना घाइते भएका र उनीहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको शिर मेमोरियल अस्पताल र धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।
भान्जाको छेवर (कपाल काट्ने कर्म) का लागि मावलीतर्फका आफन्त बोकेको बस दुर्घटना भएको उपरीक्षक न्यौपानेले जानकारी दिए ।