• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अरुणाचलमा भारत र चिनियाँ सैनिकबीच झडप, केही घाइते


  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । भारत र चीनको सीमा क्षेत्र अरुणाचल प्रदेशको तवांग क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएको छ । भारतीय सेनाका प्रवक्ताका अनुसार ९ डिसेम्बरमा दुवै पक्षबीच झडप भएको हो ।

    Advertisement

    चिनियाँ सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गरेपछि भारतले जबाफी कारबाही गरेको भारतीय सैनिक प्रवक्ताको दाबी छ । झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् ।

    झडपपछि शान्ति कायम गर्न इलाका कमाण्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए भने दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका बीबीसीले जनाएको छ ।

    लद्दाखको गलवान उपत्यकामा सन् २०२० को जुन महिनाको १५ तारिखमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछिको यस प्रकारको यो पहिलो घटना हो।

    सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवानमा चीन र भारतका सैनिकहरूबीच रक्तपातपूर्ण भिडन्त हुँदा भारतका २० सैनिक मारिएका थिए।

    भारतले गलवानमा ठूलो सङ्ख्यामा चिनियाँ सैनिक पनि मारिएको बताउँदै आएको छ। तर चीनले चारजना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

    सन् २०२२ को फेब्रुअरीमा अस्ट्रेलियाको एक पत्रिका ुद क्लाक्सनु ले आफ्नो एक अनुसन्धानात्मक रिपोर्टमा गलवानमा चार चिनियाँ सैनिक नभइकन कैयौँ गुणा धेरै अर्थात् कम्तिमा ३८ पीएलए सैनिकको मृत्यु भएको दाबी गरेको थियो।

    यस वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा गलवान झडपमा भाग लिने एक कमाण्डरलाई चीनले अतिथिको रूपमा आमन्त्रित गरेको थियो।

    सन् २०२० मा भारत र चीनबीच गम्भीर अवस्था सिर्जना भएको थियो।

    १ मेमा पूर्वी लद्दाखको पान्गोङ त्सो तालको उत्तरी किनारमा दुई देशका सैनिकहरूबीच झडप भएको थियो।

    जस क्रममा दुवै पक्षका दर्जनौँ सैनिक घाइते भएका थिए र त्यसपछि १५ जुनमा गलवान उपत्यकामा दुई देशका सैनिकबीच पुनः झडप भयो।

    त्यस झडपका बारेमा १६ जुनमा आएको भारतीय सेनाको विज्ञप्तिमा भनिएको थियो, ‘घटनास्थलमा ड्युटीमा रहेका १७ सिपाहीको गम्भीर चोटका कारण मृत्यु भएको छ। यस द्वन्द्वमा मारिने सैनिकको सङ्ख्या २० पुगेको छ।’

    चीनले समेत एक विज्ञप्ति जारी गर्दै मारिने सैनिकको सङ्ख्या स्पष्ट नभएको जनाएको थियो। कैयौँ महिनापछि सन् २०२१ को फेब्रुअरीमा चीनले गालवान उपत्यकाको भिडन्तमा मारिएका आफ्ना चार सैनिकहरूलाई मरणोपरान्त पदकले सम्मान गर्ने घोषणा गरेको थियो।

    मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.