• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

एमसीसीबारे अमेरिकी वक्तव्य भ्रमपुर्णः मसाल


  •   आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग होइन भनेर हालै अमेरिकी दूतावासले दिएको वक्तव्य भ्रमपुर्ण रहेको बताएको छ । नेपालमा एमसीसीको ब्यापक विरोध भएपछि जनताको ध्यान इण्डोप्यासिफिक रणनीतिबाट हटाउन भ्रमपुर्ण वक्तव्य दिएको मसालले जनाएको छ ।

    Advertisement

    आइतबार प्रवक्ता रामप्रकाश पुरीले जारी गर्नुभएको वक्तव्यमा अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न सैन्य तथा आर्थिक सहयोग परिचालन गर्ने गरेको बताउँदै आर्थिक सहयोग आफैमा उसको सैन्य रणनीतिको अंग भएको स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे दिएको पछिल्लो स्पष्टीकरण सार्वजनिक भएको छ । उक्त स्पष्टीकरणअनुसार एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग होइन भनिएको छ । पहिले काठमाडौँस्थित अमेरिकी दूतावास र अमेरिकी स्टेट असिटेन्ट सेक्रेटरी मिसेज एलाइस वेलका वक्तव्यहरूमा एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा सार्वजनिक भइसकेको छ । अहिले एमसीसीको विषयलाई लिएर नेपालमा व्यापक विरोध भइसकेपछि त्यसबाट ध्यान हटाउनका लागि अमेरिकी दूतावासले पहिले आफूले सार्वजनिक गरेका वास्तविकताहरूमाथि पर्दा हाल्ने प्रयत्न गरेको प्रष्ट छ ।

    एमसीसीलाई नेपालको संसदबाट अनुमोदन गराउनको लागि भएको प्रयत्नका विरुद्धमा समेत व्यापक विरोध भइरहेको छ । एमसीसी आर्थिक परियोजना भएपनि आइपीएसको अङ्ग हो । यो कुरा कसैबाट लुकेको छैन कि अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न सैन्य तथा आर्थिक सहयोग परिचालन गर्ने गरेको छ । आर्थिक सहयोग आफैमा त्यो उसको सैन्य रणनीतिको अङ्ग हो । यूएसएड मार्फत अमेरिकी विदेश नीति विश्वका अन्य मुलुकहरूमा प्रभावकारी ढङ्गबाट लागू हुन नसकेपछि यसको विकल्पमा एमसीसीलाई अगाडि सारिएको हो ।

    अर्थात् एमसीसी मार्फत अमेरिकाले यूएसएडले प्रभावकारी बनाउन नसकेको अमेरिकाको विदेश नीतिलाई प्रभावकारी बनाउन चाहेको छ । अमेरिकाको विदेश नीति भनेकै साम्राज्यवादी नीतिलाई अगाडि बढाउनु हो । नेपालको राजनीतिक क्षेत्रमा समेत अमेरिकी साम्राज्यवादको राजनीतिक प्रभाव बढ्दै गइरहेको छ । अर्कोतर्फ त्यसको पूरकको रूपमा भौतिक पूर्वाधार विकासको नाममा आर्थिक सहयोग एमसीसीको आवरणमा अगाडि बढाउने प्रयत्न सरकारले गरिरहेकोमा त्यसको हाम्रो पार्टीले विरोध गर्दछ ।

    अमेरिकी दूतावासले आर्थिक सहयोग मार्फत फैलाउने साम्राज्यवादी रणनीतिमाथि पर्दा हाल्न एमसीसीका बारेमा अगाडि सारेका कथित १० बुँदे स्पष्टीकरणको कुनै अर्थ छैन । एमसीसी अमेरिकन इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा दिनको घाम झैँ छर्लङ्ग छ । त्यसैले दूतावासले दिएको १० बुँदे ‘स्पष्टीकरण’को भ्रममा नपर्न हामी सम्पूर्ण जनताको ध्यानाकर्षण गर्दछौँ । साथै त्यसका विरुद्ध उत्रिने सबै शक्तिहरूसँग सामान्जस्यता कायम गरी सङ्घर्षलाई अगाडि बढाउने कुरामा जोड दिन्छौँ ।

    आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.