काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलंकाका लागि नेपालका आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्।
Advertisement
यस्तै, राष्ट्रपतिले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डको लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिएकी छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरुलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।