• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रतिनिधिसभामा १२ दल, सात दल बने राष्ट्रिय पार्टी (सिट संख्यासहित)


  •   बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
  • काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना सकिएको छ । समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रतिनिधिसभामा कुन दलको कति सिट भन्ने स्पष्ट भएको छ ।

    Advertisement

    यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दलले प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको निरन्तरता रहनेछ भने राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलोपटक संसद् प्रवेश गर्दै छन्।
    प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये ५ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    सात पार्टी बने राष्ट्रिय दल
    यसपटकको निर्वाचनबाट सात राजनीतिक पार्टी राष्ट्रिय दल बनेका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिक ३ प्रतिशत मत (थ्रेसहोल्ड) ल्याएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता भएका हुन्।

    थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीसहित ४० दल भने राष्ट्रिय दल बन्न असफल भएका छन्। उनीहरूले पाएका समानुपातिक मत त्यसै खेर गएको छ।

    प्रतिनिधिसभामा कुन दलको कति सिट ?
    प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। जसबाट ३२ समानुपातिक सांसद थप्दै कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ।

    यस्तै प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। जसबाट ३४ समानुपातिक सांसद थपिँदा एमाले ७८ सिटका साथ प्रतिनिधिसभामा दोस्रो दल बनेको छ। अघिल्लो चुनावमा भने एमाले पहिलो दल बनेको थियो।

    यस्तै प्रत्यक्षमा १८ सिट जितेको माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याउँदै यसबाट १४ सिट थपेर ३२ सिटका साथ प्रतिनिधिसभामा तेस्रो शक्ति बनेको छ।

    पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जित्यो भने समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्यायो। जसबाट १३ सिट थप्दै कूल २० सिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बनेको छ। यसपछि पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० छ। प्रत्यक्षमा ७ सिट जितेको उसले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत ल्याएर ७ सिट थप्दै कूल सिट संख्या १४ बनाएको छ।

    यस्तै प्रत्यक्षमा ७ सिट नै जितेको जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २१ हजार ३ सय १४ समानुपातिक मत ल्याएर ५ सिट थप्दै जम्मा सांसदको संख्या १२ पुर्‍याएको छ।

    प्रत्यक्षमा १ सिट मात्र जितेको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएर राष्ट्रिय दल मात्र बनेन, ५ सिट थप्यो पनि। उसको कूल सिटको संख्या ६ पुगेको छ।

    उता प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी पार्टीले भने समानुपातिकतर्फ थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाउन नसक्दा राष्ट्रिय दल बन्न पाएन भने सिट पनि थप्न सकेन। यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १÷१ सिट जिते भने उनीहरूले पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन्।

    बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.