• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मधेसी समुदायप्रति अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्न/नगराउन सबैलाई सचेत गराएको छ ।

    Advertisement

    आयोगले आज विज्ञप्ति जारी गर्दै मधेसी समुदायलाई लक्षित गर्दै विभिन्न व्यक्तिहरुले ‘धोती, भैया, मधिके काले’ जस्ता अपमानजनक शब्द प्रयोग गरी सामाजिक सद्भाव भड्काउने कार्य गरिहेकोबारे आयोगसमक्ष विभिन्न उजुरी प्राप्त भएको र यस्ता गैरकानूनी कार्यले राष्ट्रिय एकतामा समेत खलल पार्न सक्ने भएकाले त्यसप्रति आयोग गम्भीर सचेत रहेको जनाएको छ ।

    आयोगले त्यस्ता उजुरीमाथि तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडाभन्दा कडा कारबाही गर्नका लागि सिफारिससमेत गरिरहेको जनाएको छ । आयोगको सिफारिसपश्चात् सम्बन्धित निकायले विभिन्न घटना छानबिन गरी दोषीलाई कानूनी दायरामा समेत ल्याएको तथा यस्ता संवेदनशील घटनामा स्थलगत अनुगमतसमेत हुने गरेको आयोगले सबैमा जानकारी गराएको छ ।

    कुनै पनि जात, धर्म, समुदाय वा संस्कृतिमाथि प्रहार गर्नु अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य हो भन्दै यस्ता कार्यहरू नगर्न/नगराउनु हुन आयोग सबैलाई सचेत गराउँदछ । कुनै पनि व्यक्ति वा संस्थाले त्यस्तो गैरकानूनी कार्य गरेमा नेपालको प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ”, आयोगको विज्ञप्तिमा भनिएको छ ।

    ‘जहाँ समस्या, त्यहीँ मधेसी आयोग’ को मूलमन्त्रसहित आयोगले आफ्नो संवैधानिक दायराभित्र रही मधेसी समुदायको संरक्षण, संवद्र्धन तथा सशक्तीकरणका लागि अहोरात्र काम गरिरहेको पनि स्पष्ट पारेको छ ।

    साथै, मधेसी समुदायको अधिकार उल्लङ्घन गर्ने/गराउने र सो समुदायमा प्रहार गर्ने व्यक्ति वा संस्थाको विरुद्धमा आयोग ऐन २०७४ (७) अनुसार उजुरी दिन आयोगले अनुरोध गरेको छ । टेलिफोन ०१–५२६११८५, हटलाइन ११४८, टोल फ्री १६६००११६१८५ तथा आयोगको सामाजिक सञ्चालनमा इमेलमार्फत सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ ।

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.