• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चितवनमा रोकिएन बालविवाह


  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
  • भरतपुर । चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गर्नुभयो । पन्ध्र वर्षका उमेरमा विवाह गर्नुभएकी उहाँको एक सन्तान जन्मिसकेको छ ।

    Advertisement

    पिपला अहिले १९ वर्षको पुग्नुभयो । तीन वर्षको छोराको स्याहारसुसार र घरायसी काममा नै उहाँको अहिले दैनिकी बित्ने गरेको छ । आर्थिक अभावका कारण खान लाउन धौधौ भएपछि उहाँका श्रीमान् रोजगारीका लागि कुवेत जानुभएको छ ।

    सानोमा बिहे गर्नु हुँदैन भन्ने थाहा त थियो तर गरियो, अहिले आएर पछुतो लाग्छ, चेपाङले भन्नुभयो । उहाँसँगै जौगैराकै सुनिता, गीता र लालमाया चेपाङको पनि १४/१५ वर्षका उमेरमा नै विवाह भएको छ । उनीहरू सबैको बालबच्चा भइसक्यो । बालविवाह कानुनत: बर्जित छ तर चेपाङ समुदायमा चेतना अभाव, गरिवीलगायतका कारण बालविवाह हुँदै आएको छ ।

    सत्र वर्षकी सुनिता चेपाङको पहिलो सन्तान जन्मिसकेको छ भने पुन:गर्भवती हुनुहुन्छ । उहाँले कक्षा ५ पढ्दै गर्दा बिहे गरेपछि विद्यालय जान बन्द भयो । चौध वर्षमा नै बिहे गर्नुभएकी उहाँलाई ख्यालख्यालमै बिहे गरेको जस्तो लाग्छ अचेल । पल्लो गाउँमा लागेको मेला हेर्न जाँदा मन परेर भागियो उहाँ भन्नुहुन्छ, पहिलो भेटमा नै बिहे गरेको हुँ । १७ वर्षकी गीता चेपाङको बिहे गरेको तीन वर्ष भयो । उहाँका दुई सन्तान छन् ।

    उहाँको पनि १५ वर्षको उमेरमा बिहे भएको थियो । जौगैराकी लालमाया चेपाङका एक छोरा र छोरी छन् । उहाँले पनि १४ वर्षको उमेरमा बिहे भएको बताउनुहुन्छ ।

    जौगैराकै माया चेपाङले ४० वर्षको उमेरमा आठ सन्तानलाई जन्म दिनुभयो । जन्मेका मध्ये छ सन्तान मात्र उहाँको साथमा छन् । दुई सन्तानको जन्मेको चार/पाँच महिनामै मृत्यु भयो । १४ वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँको ठूलो छोरा २० भइसक्यो भने सानो साढे चार वर्षकी छोरी । उहाँ अब सन्तान नजन्माउने सोचमा हुनुहुन्छ । तर श्रीमान्ले कर गरेका कारण धेरै सन्तान जन्माएको उहाँ बताउनुहुन्छ । अहिले आएर सानो उमेरमा बिहे गर्ने र धेरै सन्तान जन्माउने ठीक होइन भन्ने लाग्छ, उहाँले भन्नुभयो, ‘दु:ख पाइँदोरहेछ ।’

    उहाँले गाउँमा आउने स्वास्थ्य स्वयंसेविकाले भनेपछि धेरै कुरा आफूहरुले थाहा पाएको बताउनुभयो । सानो उमेरमा बिहे र धेरै बच्चा जन्माएका कारण आफ्नो स्वास्थ्यसमेत कमजोर भएको उहाँको भनाइ छ ।

    पामडाँडा स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रबहादुर गुरुङ कम उमेरका चेपाङ किशोरी गर्भवती जाँचका लागि आउने गरेको बताउनुभयो । तीमध्ये अधिकांश चेपाङ र जनजाति समुदायका छन् । विवाह गर्न कम्तीमा २० वर्ष पुग्नुपर्छ । कतिपय चेपाङ किशोरी पहिलोपटक रजस्वला हुनासाथ गर्भवती बन्नुपर्ने बाध्यता छ ।

    “गाउँभरि आफन्त, छरछिमेक सबैको सानैमा बिहे भएको देखेका हुन्छन् अनि ख्यालख्यालमै बिहे गरिहाल्छन्, उहाँ भन्नुहुन्छ, “कोही चाहिँ साच्चै बाध्यतामा परेर पनि गर्छन् । बुबाले अर्को श्रीमती ल्याएको हुन्छ, आमा अर्कोसँग बिहे गरेर गएको हुन्छ । सौतेनी बुबाआमाले हेलाँ गर्छन् अनि केटा भए एउटी केटी खोजेर घरजम गरिहाल्छ, केटी भए एउटा केटा खोजेर गइहाल्छन् । चेपाङ गाउँमा बुबाले अर्की श्रीमती ल्याउने, आमा पोइल जाने परम्परा जटिल समस्याका रूपमा रहेको छ । यसले कलिला बालबालिकाको भविष्य नराम्ररी बिगार्ने गरेको उहाँको भनाइ छ ।

    इच्छाकामना गाउँपालिका–५ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङ विद्यालयस्तरमा जति नै प्रयास गर्दा पनि बालविवाह कम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, मैले शिक्षण पेसा गर्न थालेको २५ वर्ष भयो, अहिले पनि यो समुदायमा बालविवाह उस्तै छ । उहाँले ५/६ कक्षामा पढ्दापढ्दै विद्यार्थीले बिहे गर्ने गरेको बताउनुभयो ।

    चेपाङ समुदायका बालबालिका भोजभतेरमा जाने, चिनजान हुने र त्यहीबाटै भाग्ने प्रचलन रहेको उहाँले बताउनुभयो । बालविवाहसम्बन्धी चेतना अभिभावकमा पनि नहुँदा समस्या भएको उहाँको भनाइ छ । उहाँले अझै पनि चेपाङ समुदायको बस्तीमै चेतनामूलक र शिक्षामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।
    इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटा बालविवाहका कारण यो समुदायका बालबालिका गम्भीर प्रकृतिको समस्याको सिकार बन्ने गरेको बताउनुभयो । सानो उमेरका महिलाको शारीरिक विकास तथा अन्य कुरामा परिपक्वाता आएको हुँदैन । कम उमेरमा विवाह गर्दा अपरिपक्वाताले समस्या निम्त्याउँछ, उहाँले भन्नुभयो ।

    आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ भने जन्मिएको बच्चा पनि लुलो लङ्गडो, अपाङ्गता भएका, सुस्तमनस्थितिको हुनसक्छ । गर्भ तुहिने सम्भावना बढी हुन्छ । शारीरिक र मानसिकरुपमा आमाको वृद्धिविकास भएको हँुदैन । उहाँले गाउँपालिकाले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकामार्फत गाउँगाउँमा अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

    इच्छाकामना –६ का वडाध्यक्ष लक्ष्मण प्रजा सही उमेरमा सही शिक्षा लिन नसक्दा चेपाङ समुदायमा बालविवाह कम हुन नसकेको बताउनुभयो । चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्नुको एउटा मुख्य कारण गरिबी पनि हो, उहाँले भन्नुभयो, घरको परिस्थितिका कारण पेटभरी खान पाइन्छ भनेर पनि विवाह गरेका पाइएको छ ।

    भौगोलिक विकटताका कारण पढ्ने उमेर घरमै बित्छ, जसका कारण उनीहरु बिहे गर्न हतार गर्छन् वडाध्यक्ष प्रजाले भन्नुभयो, चेपाङ समुदायमा बालविवाहसम्बन्धी चेतनामूलक कार्यक्रम न सरकारीस्तरबाट भएको छ न गैरसरकारी संस्थाबाट बालविवाह सम्बन्धी यथार्थ तथ्याङ्कसमेत नरहेको उहाँले बताउनुभयो ।

    उहाँले जनप्रतिनिधिका रुपमा स्थानीयस्तरमा सचेतना फैलाए पनि पर्याप्त नभएको बताउनुभयो । स्थानीयस्तरमा सामाजिक सशक्तीकरणभन्दा पनि भौतिक विकासलाई प्राथमिकता दिइने गरेको छ, उहाँले भन्नुभयो, टोल बस्तीमा पनि यस्ता योजना प्राथमिकतामा पर्दैनन् ।

    शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.