• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

कांग्रेसको ‘प्रतिपक्ष’ देशब्यापी गठबन्धनलाई हराउन लाग्यो : मसाल

" प्युठान र अर्घाखाँचीमा माओवादीबाट अन्तर्घात "

  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) मंसिर ४ गतेको निर्वाचनले प्रतिगमनलाई पराजित गरेको बताएको छ । चुनावबारे समीक्षा गर्दै मसालले पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको मुख्य उद्देश्य सफल भएको जनाएको हो ।

    Advertisement

    यस्तै, मसालले देशमा साम्राज्यवादी चलखेल बढेर गएको र चुनावमा पनि त्यस्तो चलखेल देखिएको बताएको छ ।

    मसालले गठबन्धनभित्रका कतिपय कमजोरी, अन्तरविरोध वा गलत सोचाइका कारणले गठबन्धनलाई पूर्ण सफलता प्राप्त हुन नसकेको पनि स्पष्ट पारेको छ ।

    कांग्रेस भित्रको एउटा पक्षले लगातार र योजनाबद्ध प्रकारले गठबन्धनको विरोध गर्ने र कम्युनिस्टहरूसँग कुनै एकता नगर्ने नीतिमा जोड दिएको भन्दै त्यो पक्षले कम्युनिस्ट पक्षका कतिपय उम्मेदवार मात्र होइन, स्वयम् नेपाली कांग्रेस भित्रका संस्थापन पक्षका पनि कतिपय उम्मेदवारलाई हराउन पूरा जोड लगाएको मसालको ठहर छ ।

    महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा प्युठान र अर्घाखाँचीमा कांग्रेसको एउटा पक्षका साथै माओवादीको पनि एक पक्ष गठबन्धनका उम्मेदवारलाई हराउन लागि परेको बताउनुभएको छ । त्यही कारण प्युठानमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेलका साथै माओवादी केन्द्रका प्रदेश उम्मेदवार कृष्ण अधिकारीको हार भएको वक्तव्यमा उल्लेख छ ।

    वक्तव्यमा भनिएको छ :
    ‘मङ्सिर ४ गतेको चुनावको सन्दर्भमा पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको मुख्य उद्देश्य सफल भएको छ । त्यसको मुख्य उद्देश्य प्रतिगमनलाई पराजित गर्नु थियो र त्यो उद्देश्य सफल भएको छ । एमालेले पहिले चुनावद्वारा दुईतिहाइ, पछि बहुमतको सरकार बनाउने दाबी गरेको थियो तर ती सबै दाबीलाई जनताले असफल गराइदिएका छन् । त्यसरी जनताले एमालेको देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने योजनालाई पराजित गरिदिएका छन् । पाँचदलीय गठबन्धनको ऐतिहासिक भूमिका र जनताको चेतनाको उच्चस्तरको चेतनाका कारणले देशलाई प्रतिगमन र अधिनायकवादतिर जानबाट रोक्न सम्भव भएको छ ।

    पाँचदलीय गठबन्धन प्रतिगमनलाई पराजित गर्न सफल भएको छ तर त्यसको लागि गठबन्धनलाई पर्याप्त सफलता प्राप्त नभएको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्दछ ।स्वयम् गठबन्धनभित्रका कतिपय कमजोरी, अन्तरविरोध वा गलत सोचाइका कारणले त्यस्तो हुन गएको छ । नेकाभित्र त्यसको संस्थापन पक्ष र त्यसभित्रको प्रतिपक्षका बिचको अन्तद्र्व्रन्द्वका कारणले गठबन्धनको सफलतामा धेरै असर पर्न गएको छ । नेकाभित्रको एउटा पक्षले लगातार र योजनाबद्ध प्रकारले गठबन्धनको विरोध गर्ने र कम्युनिस्टहरूसँग कुनै एकता नगर्ने नीतिमा जोड दिएको थियो ।त्यो पक्षले कम्युनिस्ट पक्षका कतिपय उम्मेदवार मात्र होइन, स्वयम् नेपाली काङ्ग्रेस भित्रका संस्थापन पक्षका पनि कतिपय उम्मेदवारलाई हराउन पूरा जोड लगाएको थियो । त्यसको त्यस प्रकारको कार्यविधिको परिणामस्वरूप चुनावमा गठबन्धन पक्षका कैयौँ उम्मेदवार पराजित हुन पुगेका छन् र त्यसको परिणारमस्वरूप एमालेका कैयौँ उम्मेदवारको विजय भएको छ । त्यसको परिणाम नै यो भयो कि देशमा प्रतिगमनको पराजय भयो तर गठबन्धन पक्षका जति धेरै उम्मेदवारको विजय हुनुपर्दथ्यो, त्यो हुन सकेन । त्यो नेका भित्रको प्रतिपक्षद्वारा प्रतिगमनलाई पु¥याएको सेवा नै हो । त्यसले देशको राजनीतिमा कति धेरै असर गर्ने छ, कति धेरै अस्थिरता पैदा गर्नेछ वा त्यसका कतिपय दुष्परिणाम हुने छन् ? त्यो कुरा आउने दिनमा स्पष्ट हुँदै जाने छ ।

    नेकाभित्रको प्रतिपक्षले गठबन्धन वा आफ्नै पार्टीका उम्मेदवारलाई पनि हराउने जुननीति लिएको थियो, त्यसका दुईओटा उद्देश्यहरु भएको कुरा प्रष्ट छः प्रथम– चुनावपछि आफ्नो पार्टीको संस्थापन पक्षलाई नेतृत्वमा आउन नदिने द्वितीय– गठबन्धनलाई पूरा बहुमतमा आउन नदिने र त्यसरी नेकाको एमालेसित गठबन्धन सरकारको निर्माणका लागि आधार तयार पार्ने । नेकाभित्रको प्रतिपक्षले एमालेसित त्यस प्रकारको गठबन्धन सरकारको सम्भावनाको पक्षमा पनि अभिव्यक्ति दिएका कैयौँ उदाहरण पाइन्छन् । त्यसका लागि नै उनीहरूले विभिन्न निर्वाचन क्षेत्रहरुमा गठबन्धन पक्षका वा आफ्ना पार्टीका पनि कैयौँ उम्मेदवारलाई हराउन वा एमालेका उम्मेदवारलाई जिताउन षड्यन्त्र गरेको पाइन्छ । त्यसैले पाँचदलीय गठबन्धन चुनावमा प्रतिगमनलाई पराजित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सफल भएपनि त्यो चुनावपछि जसरी सशक्त रूपमा अगाडि आउन सक्दथ्यो, पर्दथ्यो वा सम्भव थियो, त्यो हुन सकेन ।

    तथ्यहरूले बताउँछन्ःएकीकृत समाजवादीले देशभरि नै एमालेका विरुद्ध स्पष्ट र दृढ नीति लिएको थियो । केन्द्रीयस्तरमा माओवादीको नेतृत्वले पनि त्यसबारे स्पष्ट र दृढ नीति लिएको थाहा हुन्छ तर स्थानीय तहमा माओवादीका कतिपय नेता वा कार्यकर्ताले गठबन्धन पक्षका कतिपय उम्मेदवारलाई पराजित गर्ने नीति अपनाएको वा एमालेका उम्मेदवारलाई जिताउन प्रयत्न गरेका तथ्य पनि छन् । उनीहरूभित्रको अराजकतावादी वा अनुशासनविहीन कार्यशैली तथा कतिपय स्थानीय र स्वयम् आफ्नै सड्डठनभित्रका पारस्परिक, प्रतिस्पर्धा र कुण्ठाका कारणले पनि उनीहरूले त्यस्तो गरेको देखिन्छ । जस्तो कि माथि भनियो, नेकाभित्रको एउटा पक्षले कतिपय ठाउँमा आफ्नोपार्टीका उम्मेदवारलाई हराउन प्रयत्न गरेजस्तै कतिपय जिल्लामा माओवादीले आफ्नै सड्डठनका कतिपय उम्मेदवारलाई पनि हराउन प्रयत्न गरेको पाइयो । नेकाभित्रको एउटा पक्ष र माओवादीभित्रका त्यसप्रकारका कतिपय कार्यविधिका कारणले पनि पाँचदलीय गठबन्धनलाई धेरै नै क्षति पुगेको छ ।

    कतिपय स्थानमा राष्ट्रिय जनमोर्चाका कतिपय मतदाताले पनि गठबन्धनका कतिपय उम्मेदवारका विरुद्ध एमालेका उम्मेदवारलाई मत दिएको भन्ने समाचार प्राप्त भएका छन् । त्यस प्रकारको कार्यविधि पार्टीको घोषित नीतिका विरुद्ध छ । निश्चय नै, त्यसबारे हामीले अनुसन्धान गर्ने छौँ र कतै त्यस्तो भएको पाइएमा आवश्यकताअनुसार कारबाही गर्ने छौँ । के नेका वा माओवादीले पनि त्यस प्रकारको छानबिन गर्ने वा कारबाही गर्ने दृढता देखाउने छन् ?

    जे होस, जनुसुकै पक्षबाट पनि अपनाइएका त्यसप्रकारका नीतिबाट प्रतिगमनलाई नै मदत पुगेको कुरा प्रष्ट छ । खास गरेर प्रतिगन विरुद्धको सङ्घर्षमा उत्रेका राजनीतिक शक्तिबाट त्यसप्रकारको कुनै पनि गल्ती हुनु अत्यन्त दुःख र घातक पनि कुरा हो ।

    अहिलेको चुनावमा कतिपय राजावादी वा प्रतिगामी शक्तिले पनि चुनावमा उल्लेखनीय सफलता प्राप्त गरेका छन् । चुनावमा एमालेले राजावादी शक्तिसित गठबन्धनको नीति लिएको थियो । त्यसबाट प्रथम– एमालेले प्रतिगामी दिशा लिएको कुरा प्रष्ट हुन्छ† द्वितीय– एमालेको त्यसप्रकारको नीतिबाट राजावादीलाई पनि चुनावमा उल्लेखनीय सफलता प्राप्त गर्नु सम्भव हुन गएको छ । चुनावमा कतिपय जातिवादी सङ्गठनले पनि सफलता प्राप्त गरेका छन् । यो स्पष्ट छ राजावादी वा जातिवादी सड्डठनको सफलताले देशको राजनीतिलाई सही दिशामा लैजाने छैन ।

    राजावादीहरू देशकादुस्मनशक्ति हुन् । उनीहरूले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनःस्थापना गर्ने प्रतिगामी उद्देश्यअन्तर्गत काम गरिरहेका छन् । त्यसरी उनीहरूले जनताले करिब एक सयवर्ष सङ्घर्ष गरेर तथा त्याग र बलिदान गरेर प्राप्त गरेका उपलब्धिलाई समाप्त गर्ने र इतिहासको धारलाई उल्ट्याउन चाहन्छन् । त्यसकारण हाम्रो पार्टीले उनीहरूका विरुद्ध सम्झौताहीन सङ्घर्षमा जोड दिन्छ । हामीले प्रतिगमनको खतरालाई अहिले पनि अत्यन्तै गम्भीर रुपमा लिएका छौँ र, त्यसैले, उनीहरुका विरुद्ध आउने शक्तिहरुसित तालमेल गरेर प्रतिगमनका विरुद्ध लगातार संघर्ष गर्ने हाम्रो नीति हुनेछ ।

    थारू समुदाय नेपालको अत्यन्त, प्राचीन र प्रागऐतिहासिक जाति हो । उनीहरूमाथि शताब्दीऔँदेखि लगातार शोषण र उत्पीडन हुँदै आएको छ । त्यसकारण हाम्रो पार्टीले उनीहरूको मुक्तिका लागि चल्ने सङ्घर्षलाई सधैँ र दृढतापूर्वक समर्थन गर्दै आएको छ र अहिले पनि हामीले त्यसका लागि जोड दिन्छौँ तर त्यो सङ्घर्षलाई जातिवादी रूपमा अगाडि बढाउने नीतिलाई हामीले गलत मान्दछौँ । त्यही सन्दर्भमा टीकापुरको हत्याकाण्डलाई पनि हामीले गलत मान्दछौँ, जसमा एकजना नाबालकको पनि निर्मम हत्या गरिएको थियो । त्यसप्रकारको हत्याकाण्डलाई जातीय रूपमा अगाडि बढाउने वा समर्थन गर्ने कार्यलाई हाम्रो पार्टीले निश्चित रूपमा गलत मान्दछ ।

    अहिलेको चुनावको एउटा सकारात्मक पक्ष के हो भने तराईमा भारतीय समर्थनमा क्षेत्रीयतावादी राजनीति गर्दै आएका मधेसवादी सड्डठनको स्थिति कमजोर भएको छ । त्यसले तराईमा बढिरहेको उच्च जनचेतनालाई बताउँछ तर त्यसका साथै त्यहाँ कतिपय पृथकतावादी राजनीतिक तत्वले चुनावमा सफलता प्राप्त गरेका छन् । त्यसले तराईमा पृथकतावादी आन्दोलन पुनः नयाँ रूपमा अगाडि बढ्ने खतरालाई बताउँछ । त्यसप्रति सबै देशभक्त नेपाली जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।

    अहिलेको चुनावमा स्वतन्त्र वा स्वतन्त्र राजनीति सड्डठनकोरूपमा पनि कतिपय पक्षहरू अगाडि आएका छन् र उनीहरूले चुनावमा महत्वपूर्ण सफलता पनि प्राप्त गरेका छन् ।यो देशका लागि शुभ वा स्वथ्य संकेत होइन ।

    कुनै दर्शन, सिद्धान्त, राजनीतिक पृष्ठभूमि वा पहिचान नभएका त्यसप्रकारका तत्वको राजनीतिमा आगमनले देशलाई सही दिशामा बढाउन नसक्ने कुरा निश्चित छ ।नेपालको राजनीतिमा कैयौँपल्ट त्यसप्रकारका अभ्यास गरिएका छन् र जनताले तिनीहरूलाई समर्थन पनि गर्ने गरेका छन् । प्रथमतः उनीहरूले देश र जनतालाई सही मार्गप्रदर्शन गर्न सक्दैनन् र उनीहरूमा कुनै स्थायित्व र निरन्तरता पनि हुँदैन तैपनि अस्थायीरूपले उनीहरूले जनतालाई आकर्षित गर्न वा भ्रम दिन सक्दछन् । अहिलेको चुनावमा पनि उहीहरूले पुराना पार्टी र नेताहरूको आलोचना गरेर वा आकर्षक कुरा गरेर जनताको मन जित्ने प्रयत्न गरेका छन् । उनीहरूको सबैभन्दा बढी जोड यो कुरामा रहेको छ ः वृद्ध नेताबाट नेतृत्व वा सत्ता नयाँ र युवापुस्तामा हस्तान्तरण हुनुपर्छ तर त्यो अमूर्त प्रकारको नारा हो । निश्चयनै वृद्धहरू सधैँ बाँच्दैनन् र समाजको गति अगाडि बढाउन युवाहरू नै अगाडि आउनुपर्छ तर कुनै व्यक्ति युवक हुनु नै पर्याप्त हुँदैन । उसको कुन प्रकारको दृष्टिकोण वा क्षमता छ ? त्यो निर्णयात्मक महत्वको कुरा हो ।समाजका धेरै अवाञ्छित तत्वहरू पनि युवा पुस्ताबाट आएका हुन्छन् । त्यसकारण कुनै व्यक्ति युवक बन्नु नै पर्याप्त हुँदैन । संसारमा युवा पुस्ताबाट आएका कैयौँ मानिसहरुले देश, समाज वा मानवता समेतलाई धेरै नाक्सान पु¥याएका थुपै्र उदाहरणहरु पाइन्छन् ।समग्र रूपमा उसको सम्पूर्ण दृष्टिकोण र व्यक्तित्व कस्तो छ ?त्यो निर्णयात्मक महत्वको कुरा हो । त्यसरी सकारात्मक रूपमा विकास गरेको युवापुस्ताले नै देशको राजनीति वा भविष्यलाई सही दिशामा अगाडि बढाउने क्षमता राख्दछ ।

    स्वतन्त्र भन्नेबित्तिकै सबै व्यक्तिहरू राजनीतिका लागि योग्य हुन्छन् भन्ने होइन ।सामान्य रूपमा स्वतन्त्र भनेका ती व्यक्तिहरू नै हुन् । जो, कुनै राजनीतिक दलसित संलग्न छैनन् । त्यसको अर्थ के कुनै राजनीतिक दलसित संलग्न नभएका सबै मानिसहरू सही हुन्छन् वा उनीहरु राजनीतिक नेतृत्व गर्न योग्य हुन्छन् भन्ने हो ? समाज र विश्वमा पनि राजनीतिक दलमा संलग्न नभएका लाखौँकरोडौँ मानिस छन् । त्यसप्रकारका व्यक्तिहरू बेग्लाबेग्लै चिन्तन, स्वभाव वा चरित्र भएका मानिसहरू हुन्छन् । राजनीतिक दल र नेतृत्वलाई विस्थापित गरेर त्यसप्रकारका स्वतन्त्र व्यक्तिहरू नेतृत्वमा आएपछि देशको सही विकास हुन्छ भन्ने सोचाइलाई निरपेक्ष सत्यको रुपमा लिन सकिन्न । त्यो वास्तवमा भ्रम मात्र हो ।

    अहिलेको चुनावको बेलामा विभिन्न साम्राज्यवादी शक्तिहरूले पनि बेग्ला बेग्लै प्रकारले घुसपैठ गर्ने वा चुनावको माध्यमद्वारा संसद्मा आफ्ना मान्छेहरू पठाउने प्रयत्न गरेको पाइन्छ । अहिलेको चुनावमा कुन कुन साम्राज्यवादी शक्तिले को कोलाई चुनावमा उठाएर संसद्मा पु-राउने प्रयत्न गरेको छ ? तत्काल त्यो कुरा खुलाएर भन्न त मुस्किल पर्दछ तर साम्राज्यवादी शक्तिहरूले अहिलेको चुनावलाई त्यसरी उपयोग गर्न खोजेको कुरा स्पष्ट छ । भविष्यमा त्यो कुरा खुल्दै जाने कुराको आशा गर्न सकिन्छ ।

    अहिलेको चुनावमा राष्ट्रिय जनमोर्चाले बागलुङमा का. चित्रबहादुर केसी, प्युठानमा का. दुर्गा पौडेललाई प्रतिनिधि सभाका लागि र कारमेड सागर केसीलाई अर्घाखाँचीमा प्रदेशसभाका लागि उम्मेदवार बनाएको थियो । का. केसीले चुनावमा विजय प्राप्त गर्नुभएको छ । त्यो हाम्रो सम्पूर्ण पार्टी र देश र जनताका लागि पनि अत्यन्त प्रशन्नताको कुरा हो । उहाँको सम्पूर्ण इतिहास राजनीतिक स्पष्टता र दृढता र परिपक्वता तथा दृष्टिकोण माथि विचार गर्दा हामीलाई विश्वास छ, उहाँले संसद्मा र त्यसबाहिर पनि सशक्त रूपलेदेश र जनाताका लागि आवाज उठाइराख्नुहुनेछ ।

    का. दुर्गा पौडेल चुनावमा पराजित हुनुभएको छ तर उहाँलाई चुनावमा ३५ हजार भन्दा बढी मत प्राप्त भएको थियो । त्यसबाट उहाँलाई जनताबाट व्यापक समर्थन प्राप्त भएको कुरामा कुनै संका रहन्न । तैपनि चुनावमा उहाँको जुन पराजय भयो, त्यसको कारण खास गरेर नेकाभित्रको प्रतिपक्षको केन्द्रीय नीति अन्तर्गत प्यूठानको नेपाली काँग्रेसको एउटा पक्षद्वारा दुर्गा पौडेललाई हराउन तथा एमालेका उम्मेदवारलाई जिताउन चलाईएको अभियानको परिणाम थियो ।

    माओवादीको केन्द्रीय नेतृत्वले आफ्ना केन्द्रीय नेताहरूलाई नै प्युठानमा गठबन्धनका उम्मेदवारलाई जिताउन प्रशिक्षण दिन पठाएको थियो तर आफ्नो पार्टीको निर्देशनलाई पूरै लागु नगरेको हुनाले पनि का. दुर्गा पौडेलको हार हुन गयो । तर माओवादी केन्द्रले त्यस प्रकारको प्रयत्न गरेपनि प्यूठानका माओवादीहरुको एउटा पक्षले त्यो नीतिलाई इमान्दारितापूर्वक कार्यान्वयन नगरेर एमालेका उम्मेदवारलाई नै जिताउन प्रयत्न गरेको पाइन्छ । प्यूठानको क्षेत्र नं. १ का माओवादीका प्रदेश उम्मेदवार का. कृष्ण अधिकारी (प्रकाश)को पनि त्यही कारणले पराजय भएको कुरा प्रष्ट छ । के त्यसबारे आवश्यक छानविन गरेर माओवादी केन्द्रले तथ्य, सत्य बाहिर ल्याउनेछ ?त्यही प्रकारको परिस्थितिमा अर्घाखाँचीमा का. सागर केसीको पराजय हुन गएको छ ।

    अन्तमा, चुनावमा सीमित प्रकारको विजयका लागि हाम्रो पार्टी वा वैधानिक मोर्चाको कमजोर स्थिति पनि काफीहदसम्म जिम्मेवार छ । देशमा आन्दोलन वा चुनावमा सशक्त भूमिका खेल्नका लागि अहिलेको हाम्रो पार्टीको सड्डठनात्मक स्थिति अनुशासन र जनाधारसमेतको विकासका लागि हामीले विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’
    २०७९ मंसिर १३ गते मंगलबार
    मोहनविक्रम सिंह
    महामन्त्री

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.