• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजधानीमा तीन वर्षपछि फर्कियो मौसमी रुघाखोकी, सावधानी अपनाउन चिकित्सकको आग्रह


  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राजधानी काठमाडौँमा तीन वर्षपछि मौसमी रुघाखोकी फर्किएको छ । विस्तारै चिसो बढ्दै गर्दा उपत्यकामा मौसमी रुघाखोकीका बिरामी बढेका हुन् ।

    Advertisement

    सामान्य जस्तो ठानिएको रुघाखोकीले गार्‍हो पार्न थालेपछि राजधानीका अस्पतालमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताउन थालेका छन् ।

    जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को सङ्क्रमण बढेको हो । कोभिड सङ्क्रमण उत्कर्षमा रहेको समय साधारण व्यक्ति र चिकित्सकले खासै चासो नलिने त्यही मौसमी रुघाखोकी सङ्क्रमितहरूलाई पुन: हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी सङ्क्रमण खासै चर्चामा थिएन ।

    टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरूले दैनिक दसपन्ध्र मौसमी इन्फ्लुएन्जाका बिरामी आउने गरेको बताएका छन् । यसरी जचाउन आउनेमध्ये विद्यालय उमेरका बालबालिकाको सङ्ख्या बढी छ । उनीहरूमा घाँटीमा खसखस, खोकी, सिँगान बग्ने, मध्यम ज्वरो, थकाइ, जिउ दुख्नेलगायत लक्षण पाइएको छ ।

    अस्पतालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको महामारी व्यवस्थापन शाखाले पछिल्लो समय मुलुकमा मौसमी रुघाखोकीको इन्फ्लुएन्जा ए (एच१एन१) पी.डी.एम. ०९ अर्थात् पहिले बोलीचालीको भाषामा भनिने स्वाइन फ्लु र इन्फ्लुएन्जा ए (एच३) देखिएको हो ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ए, बी, सी र डी गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने इन्फ्लुएन्जा ए र बी भाइरसको कारण फैलिने गर्छ ।

    चिकित्सकका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक साता आफैँ हराएर जान्छ भने केहीमा भने जटिल समस्या निम्त्याउँछ । बर्सेनि सामान्य भनिने यस्तै रुघाखोकीले बुढापाका, दीर्घरोगी, क्यान्सर, रोग प्रतिरोधक क्षमता कम भएका मधुमेही र बालबालिकाको मृत्युसमेत हुने गरेको छ ।

    विज्ञहरूका अनुसार कोरोना महामारीका बेला इन्फ्लुएन्जासम्बन्धी रिपोर्ट खासै आएका थिएनन् ।
    महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले पनि पछिल्ला दिनमा मौसमी रुघाखोकीको केसहरू बढेको बताएको छ । अस्पतालको भनाइ छ : करिब तीन वर्षको कोरोनाकालपछि पहिलोपटक पुन: यो वर्ष मौसमी रुघाखोकीको चर्चा भइरहेको छ । कोरोनाकालमा मौसमी रुघाखोकी कम देखिएको थियो ।

    कोरोना महामारीका बेला मास्क प्रयोग, सामाजिक दुरीलगायत स्वास्थ्य मापदण्ड पालनाले पनि मौसमी रुघाखोकीको विस्तार हुन नसकेको अस्पतालको भनाइ छ । मौसमी रुघाखोकीका लक्षण भएकाहरू सकेसम्म अरूको सम्पर्कबाट दुरी बनाएर बस्ने, खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने र मास्क लगाएको खण्डमा सङ्क्रमण फैलन पाउँदैन । हाल देखिएको मौसमी रुघाखोकीको सङ्क्रमणबाट जोगिन कोभिडकालमा जस्तै मास्कको उपयोग, सामाजिक दुरी, हातको सरसफाइ, चिसोबाट बच्नुलगायत उपाय सबैले पालना गर्न अस्पतालले सुझाव दिएको छ ।

    उच्च ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएकाले कम्तीमा ७२ घण्टा घरमै आराम गर्ने र तागतिला झोलपदार्थ सेवन गरेको खण्डमा सङ्क्रमणको असर विस्तारै कम हुँदै जान्छ । चिकित्सकका अनुसार १०३ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आइरहे वा रुघाखोकीको लक्षणसँगै लगातार बान्ता, झाडापखाला, खाना नरुच्ने, सास फेर्न गार्‍हो भए तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार मौसमी रुघाखोकीको सङ्क्रमणका बेला लापरबाही गरे बिरामीको ज्यान जाने जोखिम हुन सक्छ ।

    विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका ३० लाखदेखि ५० लाख स्वास्थ्य समस्या पहिचान हुने गरेको छ भने त्यसले गर्दा दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासको समस्याले मृत्यु हुने गरेको छ ।

    सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.