बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदातालाई घर टोलमै पुगेर धन्यवाद दिनुभएको छ ।
शुक्रबारदेखि सुरु भएको यो अभियान आज (शनिबार) बागलुङ नगरपालिका वडा नं ५ मालिका, वडा नं ६ पञ्चकोट, वडा नं ७ कालिमाटी र काठेखोला गाउँपालिकाको वडा नं १ पाला, वडा नं २ भिमापोखरामा मतदाता धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बागलुङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभामा निर्वाचित अध्यक्ष केसीसहित प्रदेश सदस्य दिपेन्द्र बहादुर थापाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराइदिएकोमा मतदातालाई धन्यवाद दिनुभएको हो ।
सो क्रममा उहाँहरुले आफूले निर्वाचनमा राखेका प्रतिवद्धता पुरा गर्ने र पाँच वर्ष जनताकै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
राजमो अध्यक्ष केसीसहित गठबन्धनले मंसिर १६ गतेसम्म निर्वाचन क्षेत्रका विभिन्न गाउँ टोलमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम छ ।