काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न प्रत्यक्षतर्फका १६५ प्रतिनिधि सभा सिटमध्ये १२९ क्षेत्रको अन्तिम नतिजा आइसक्दा अझै ३६ सिटको नजिता आउन बाँके छ ।
Advertisement
त्यसमध्ये तीन जिल्ला बाजुरा, बझाङ र स्याङजाका तीन सिटको मतगणना नै सुरु हुन सकेको छैन ।
बाँकी ३३ क्षेत्रमध्ये नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका छन् । त्यसमध्ये नेकपा एमालेले ११, नेपाली काङ्ग्रेस १०, नेकपा माओवादी केन्द्र ६, राष्ट्रिय स्वतन्त्र पार्टी १, जसपा ३, राप्रपा २ स्थानमा अग्रता लिएका छन् ।