• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बाजुरा, बझाङ र स्याङजामा खुल्न सकेनन् मतपेटिका


  •   शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये १६२ सिटको मत परिणाम सकिनै लाग्दा बाजुरा, बझाङ र स्याङ्जाका अझै पनि मतपेटिका खुल्न सकेको छैन । राजनीतिक दलहरूमाझ उत्पन्न विवादका कारण मतगणना हुन नसकेको हो ।

    Advertisement

    बाजुराको बुढीनन्दा–५ लगायत जिल्लाका दुई दर्जन मतदान केन्द्रमा विवाद र झड्प भएको थियो । सो जिल्लामा भएको एक मतदान केन्द्रको झड्पमा परी काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घका कार्यकर्ता सञ्जीव ऐडी र एमालेको विद्यार्थी सङ्गठनका नेता चेतन ऐडीको निधन भएको थियो ।

    बुढीनन्दामा शनिबार पुन: मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिए पनि एमालेको अवरोधका कारण जिल्ला निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचन गराउन सक्ने अवस्था नरहेकोले दाबी गरेको छ ।

    यता, दोलखामा एमालेले मतगणना कार्यमा सहभागी नहुने भन्दै पुन: मतदानको माग गरेको छ । जिल्लाका विभिन्न छ मतदान केन्द्रमा बुथकब्जा भएको एमालेको आरोप छ । दोलखाबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले बुथकब्जा भएका मतदान केन्द्रमा पुन: मतगणनाको माग गर्दै निर्वाचन आयोगलाई निवेदन दिएका छन् । दोलखाको तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ गाउँपालिकामा धाँधली भएको आरोप उनले लगाएका छन् । तामाकोशी गाउँपालिका–२ मा रहेको हेल्थपोस्ट मतदान केन्द्रमा बुथकब्जा भएको सोसहित ६ मतदान केन्द्रमा पुन: मतदानको माग गरेका छन् । सो मागपछि निर्वाचन आयोगबाट नै मतगणना रोकिएको छ ।

    त्यस्तै, स्याङजामा पनि बुथकब्जा भएको भन्दै एमालेले मतगणना अघि बढाउन दिएको छैन । जिल्लाका विभिन्न चार मतदान केन्द्र कब्जा गरेर मत हालेकाले ती बुथमा फेरि निर्वाचन गर्नुपर्ने एमालेको माग छ । एमाले सचिवसमेत रहेकी उम्मेदवार पद्मा अर्यालले सत्ता गठबन्धन दलले बुथकब्जा गरेको आरोप लगाउँदै पुन: मतदान गराउन माग गरेकी हुन् ।

    जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ४ को दारसिंहमा रहेको राममन्दिर मतदान स्थलमा बुथक्याप्चर भएको एमालेको आरोप छ । त्यस्तै, चापाकोट नगरपालिकाको डिसिङकोट आधारभूत विद्यालय, कमेरे वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र दिनदयालु आधारभूत विद्यालय, साठीमुरेको मतदान केन्द्रमा बुथक्याप्चर भएको एमाले उम्मेदवार अर्यालको दावी छ । यी मतदान केन्द्रमा गठबन्धन दलले एकलौटी रूपमा ४३०० मत खसालिएको एमालेको दाबी छ ।

    आयोगले पठायो टोली
    मतगणना हुन नसकेका तीन जिल्लामा निर्वाचन आयोगले छानबिन टोली पठाएको छ । आयोगले सहसचिव तहको कर्मचारीको नेतृत्वमा छानबिन टोली पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए । ती जिल्लामा भएको विवादबारे अध्ययन गरेर छानबिन टोलीले प्रतिवेदन दिएपछि सो प्रतिवेदन सहितका आधारमा आयोगले आवश्यक निर्णय गर्ने उनले बताए ।

    शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.