• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चारदलीय गठबन्धनका चारै प्रमुख नेता विजयी


  •   बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं । चारदलीय गठबन्धनका प्रमुख चारै नेताहरु प्रतिनिधि सभामा विजयी भएका छन् । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका शीर्ष नेताहरु अनुमोदित भएका हुन् ।

    Advertisement

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ ।

    कांग्रेस सभापति देउवाले डडेलधुराबाट २५ हजार ५३४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालको १३ हजार ४२ मत आएको थियो ।

    त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड गोरखा–२ बाट आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । दाहालको २६ हजार १०३ मत आएको छ ।

    यता, रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी हुनुभयो ।
    उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मतप्राप्त गर्नुभएको छ ।

    यसैगरी, राजमोका अध्यक्ष केसी २१ हजार ४५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका थिए ।

    गठबन्धन दलका शीर्ष नेताहरु मध्ये गठबन्धनका चुनावी कमाण्डर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँबाट विजय हुनुभएको छ । तर, सिट बाडफाँट कार्यदलका संयोजक कांग्रेस नेता कृष्ण सिटौला झापाबाट, राजमो उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट, माओवादीका महासचिव देव गुरुङ लमजुङबाट पराजित हुनुभएको छ ।

    कांग्रेस नेता पौडेल तनहुँ १ बाट प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतको अन्तरले हराउँदै प्रतिनिधि सभा सदस्य चयन हुनुभएको हो ।

    राजमो उपाध्यक्ष पौडेल भने प्युठानबाट ५ हजार २७४ मतले पराजित हुनुभएको थियो । एमालेका सूर्य थापा ४१ हजार ११८ मत ल्याएर निर्वाचित हुँदा पौडेलको ३५ हजार ८४४ मत आएको छ ।

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल इलाममा पछि पर्नुभएको छ ।

    पाँचदलीय गठबन्धनका दलहरुमध्ये उपेन्द्र यादव नेतृत्वको जसपाले अन्तिम समयमा गठबन्धन तोडेर एमालेसँग चुनावी तालमेल गरेको थियो भने अर्को मधेशवादी दल महन्थ ठाकुर नेतृत्वको लोसपा गठबन्धनसँग तालमेल गर्न आएको थियो । यादव र ठाकुर दुवै जना पराजित भैसकेका छन् ।

    बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.