बागलुङ । बागलुङको प्रदेश सभा १ ‘ख’ बाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका नवराज पौडेललाई भारी मतान्तरले पराजित गर्दै सुवेदी विजयी भएका हुन् ।
Advertisement
यस्तै, बागलुङको क्षेत्र नम्बर २ को ‘ख’ बाट पनि कांग्रेसका द्रोणकुमार कुँवर विजयी बनेका छन् । उनले एमालेका लक्ष्मण पुन मगरलाई पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभाको केही मत प्रतिनिधिसभाको बाकसमा परेको र त्यो मतलाई नि गणनामा समावेश गरिने सहमति भएकाले नतिजा सार्वजनिक नगरिएको हो।
त्यहाँ प्रतिनिधिसभाको मतगणना जारी छ।





