काठमाडौँ । पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा क मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन्।
Advertisement
पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।
उनले १३ हजार सात सय ८४ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गरे ।