बागलुङ । बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राख्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले २ हजार ५१६ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा (एमाले) का सूर्यप्रसाद पाठकले २ हजार १९३ मतसहित पछ्याइरहनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले १ हजार ४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले ६ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीको ६० मत प्राप्त भएको छ।
बाग्लुङ–२ मा गठबन्धनका पौडेल
बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाउनु भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले १ हजार ९०९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेको १ हजार ३५ मत आएको छ ।