अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा १ मा भइरहेको मतगणनामा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् ।
Advertisement
३ हजार १८१ मत गन्दा चेत नारायण आचार्य (सूर्य)मा १८ सय ३ मत परेको छ भने सागर के.सी. (गिलास) मा १२ सय २५ मत परेको छ ।
यस्तै, कलम र हलोले ३३/३३ मत पाएको छ । स्वतन्त्र (पङ्खा) ले ५ मत पाएकाे छ।
हालसम्म बदर मत ८२ रहेको छ ।
अर्घाखाँची प्रतिनिधि सभामा पनि एमालेका टोपबहादुर रायमाझीले सुरुवाती अग्रता लिएका छन् ।