काठमाडौँ । मतदान गर्न इच्छुक मतदाताले आफ्नो नाम मतदाता नामावलीमा नभेट्याएमा निर्वाचन आयोगको कल सेन्टरमा फोन गर्न सकिने भएको छ ।
Advertisement
निर्वाचन आयोग, नेपालले आज २०७९ मङ्सिर ४ गते सो जानकारी दिएको हो ।
आज भइरहेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्कालै कल सेन्टरको नि:शुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
त्यहाँबाट मतदाता नामावलीमा नाम नभएका समस्याको उचित समस्य समाधान गरिने आयोगले ठोकुवा गरेको छ ।