काठमाडौँ । मतदानका लागि संवेदनशील मानिएको तराईको दुई स्थानमा बमविस्फोट र हवाई फायर भएका छन् ।
मतदानको दिन आज मङ्सिर ४ गते लुम्बिनी प्रदेशको बर्दियामा बमविस्फोट र मधेस प्रदेशको रौतहतमा हवाई फायर भएको हो ।
बर्दियाको मतदान केन्द्रनजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ । गुलरिया नगरपालिका–२ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।
मतदानस्थल नजिकै बकविस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
यता, रौतहटको गुजारा नगरपालिका–४ को मतदान केन्द्रमा सत्तारूढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्तामाझ झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
मतदान केन्द्रबाहिर दुई पक्ष्ािीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मतदान स्थलबाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न हवाई फायर गरिएको प्रहरीले जनाएको छ तर मतदान भने सञ्चालन भइरहेको छ ।