धनकुटा बजार । जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ ।
Advertisement
कारागारमा रहेका ८८ कैदीबन्दीमध्ये ४२ जना अस्थायी मतदातामा दर्ता भएका थिए । उनीहरूले मतदान गरेसँगै त्यहाँ मतदान सकिएको हो ।
तीमध्ये एक जनाको मृत्यु भएको र एक जना भर्खरै छुटेकाले ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मतपेटिका शिलबन्दी भने ५ बजेपछि मात्रै हुने छ ।
निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो ।