दमौली । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् ।
Advertisement
प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको बेला भानु नगरपालिका–५ सेपाबगैँचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।
यसअघि, म्याग्दीमा १०७ वर्षीय वृद्ध मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले मतदान गरेका थिए ।