बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा रहेको नन्देश्वरी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।
Advertisement
कांग्रेसका एक कार्यकर्ताले अशक्त आफन्तलाई लगेर मतदान गर्न खोजेपछि एमाले कार्यकर्ताले अवरोध गरेका थिए ।
त्यसपछि दुई पक्षबीच झडप हुँदा मतदान स्थगित गरिएको स्थानीय पत्रकार संगीता तिमिल्सिनाले जानकारी दिइन् ।
दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ।
बूढीनन्दामा गएको स्थानीय चुनावमा पनि दुई पक्षबीच झडप भएको थियो ।