बेनी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज २०७९ मङ्सिर ४ गते आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।
Advertisement
मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।
म्याग्दीका १२० ओटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधि सभामा एक र प्रदेशसभामा दुईओटा निर्वाचन क्षेत्र छन् । (रासस)