तिलकप्रसाद सुवेदी, परासी ।
राष्ट्रिय जनमोर्चा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन प्रचार प्रसार समितिको आयोजनामा जिल्लाव्यापी चुनाव प्रचार प्रसार अभियान सम्पन्न भएको छ ।
२०७९ कात्तिक २८ देखि ३० गतेसम्म जिल्लाका विभिन्न स्थानमा चुनाव प्रचार कार्यक्रम सम्पन्न भएको हो ।
तीनदिने अभियानअन्तर्गत सुनवल नगरपालिकाका वडा नं. २, ४, १, ३, ६, ५, ११, १२, १३, १० का विभिन्न गाउँ तथा टोलमा घरदैलोसहित प्रचारात्मक कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरि राजमो जिल्ला समितिले बर्दघाट नगरपालिकाको वडा नं. १, ४, ५, १४, १६ र १५ का गाउँटोलमा पनि प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको थियो ।
एवम् प्रकारले प्रतापुर गाउँपालिका र सुस्ता गाउँपालिकाका विभिन्न वडा तथा गाउँटोलमा समेत प्रचारात्मक कार्यक्रम सम्पन्न भएको राजमो नवलपरासीले जानकारी दिएको छ ।
‘२०७९ मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्दै भोट दिन र समानुपातिकतर्फ गिलास चुनाव चिह्मा छाप लगाएर राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण जिल्लाबासी जनसमुदायमा हार्दिक अपिल गरिएको छ’ राजमो जिल्ला समिति नवलपरासीले भनेको छ ।

आज राति १२ बजेदेखि मौन अवधि सुरु हँदैछ । तयसअघि समानुपातिक उम्मेदवारहरुलाई भोट माग्दै प्रचार जारी राखिएको हो ।