• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

एमसीसीबारे केसीको कटाक्षः अर्बौको भ्रष्टाचार नरोक्ने, साम्राज्यवादीसँग हात फैलाउने ?


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • सुवाश संयम,काठमाडौं ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी परियोजना स्वीकार गरे नेपालमा साम्राज्यवादी हस्तक्षेप खुला रुपमा आउने चेतावनी दिनुभएको छ । सोमबार काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा सैनिक क्याम्प खडा गरेर चीन घेर्ने रणनीति अन्तर्गत अमेरिकाले एमसीसी परियोजना लागु गर्न चाहेका बताउनुभयो ।

    ‘देशका करोडौं भ्रष्टाचार गर्नेलाई कार्बाही नगर्ने, कर छल्नेलाई कार्बाही नगर्ने तर अमेरीकासँग हात थाप्नु पर्ने ? यो किन गरिएको हो ?’ केसीले प्रश्न गर्नुभयो, ‘यो अमेरिकाको स्वार्थ हो । अमेरीकाले नेपालमा सैनिक अखडा कायम गरेर चीन विरुद्व घेराबन्दी गर्न चाहान्छ । एमसीसी हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन । यो खारेज हुनुपर्छ ।’ फरक प्रशंगमा केसीले नेपालमा अहिले ‘राजा आउन, देश बचाउ’ भन्नेले राजाकै पालामा कालापानी अतिक्रमण गरिएको बुझ्नुपर्ने बताउनुभयो । ‘राजा महेन्द्रको पालादेखी भारतले कालापानीमा कब्जा गरेर बसेको छ, के राजाले देश बचाउदा रहेछन् ?’ केसीले प्रश्न गर्नुभयो ।

    उहाँले देशको स्वाभिमान नेपाली जनताले मात्र बचाउन सक्ने स्पष्ट पार्नुभयो । नेपाली जनता सतर्क नहुने हो भने सिक्किमले भोगेको नियति नेपालले भोग्नुपर्ने केसीको चेतावनी छ ।अध्यक्ष केसीले जनताले भोट दिन्छन् की दिदैनन् भनेर आफूहरुले राजनीति नगरेका दोहोर्याउनुभयो। ‘हामीले यो देशको राष्ट्रियताको लागी आन्दोलन गरेका हौं । देशलाई केन्द्रमा राखेर राजनीति गरेका हौँ । ब्यक्तिगत स्वार्थ पुरा गर्नका लागि होइन’ उहाँले भन्नुभयो ‘संघीयता खारेज गर्नुपर्छ भन्दा हामीले कम भोट पाउँछौ भने हामी संघीयता कायम होस् भन्दैनौँ’ उहाँले देश संघीयताले कमजोर भइसकेकोले अब खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो ।

    पार्टी निकट विद्यार्थी संगठन अखिल (छैठौं) ले चैत्र १ देखि ५ गते सम्म संघीयता विरुद्व काठमाडौं मार्च गर्ने जानकारी दिँदै केसीले सो अभियानमा सामेल भएर संघीयता खारेज गर्नै जनसमूदायसँग आग्रह पनि गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य मनोज भट्टले भारतले नेपालको ३६ हजार हेक्टर जमिन मिचेको जानकारी दिनुभयो । त्यस आधारमा नेपाल भन्दा साना दर्जनौं मुलुक बराबरको जमिन मिचिएको उहाँले स्पष्ट पार्नुभयो । भट्टले भन्नुभयो, ‘संसारमा एउटा सार्वभौम मुलुक भ्याटिकल सिटि ८ वर्ग किमि मात्रै छ । अब भन्नुहोस् भारतले नेपालमा कतिवटा भ्याटिकन सिटि बराबर जनिम मिचेको छ ?’इतिहासमा राष्ट्रियताको रक्षार्थ नेपाली जनताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भट्टले नेपाली शासकहरुले नेपालको राष्ट्रियतालाई सत्तामा पुग्ने हतियार बनाउनु बिडम्बना भएको बताउनुभयो।

    राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानका काठमाडौं जिल्ला समितिले सञ्चालन गरिरहेको सीमा अतिक्रमण विरुद्धको एक महिने अभियानको आज समापन गरिएको हो ।  कार्यक्रममा राजमो नेता आनन्द शर्मा, अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक)का अध्यक्ष नारायण सापकोटा, अखिल (छैठौं)का अध्यक्ष बिमल पोख्रेल, अखिल नेपाल कानुन ब्यबसायी संघका अध्यक्ष पदम रोका, राजमो केन्द्रीय सदस्य लक्ष्मी केसी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कमला पोडेल, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह, माथिल्लो कर्णाली बचाउ अभियानका संयोजक भरत शाही, रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रम लगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

    कार्यक्रममा रक्तिमको प्रस्तुति गीत ‘छोड छोड साम्राज्यवाद कालापानी छोड’ लगायत गीत तथा नित्य प्रस्तुत भएको थिायो ।राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता राजमो काठमाडौं जिल्ला सचिव छवि खनाल र स्वागत राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले गर्नु भएको थियो ।

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.