• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गठबन्धनको पक्षमा मतदान गर्न पाँच बुद्धिजीवी संगठनको अपिल


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । प्रतिगमनको विरोध गर्दै बनेको लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा मतदान गर्न पाँच बुद्धिजीवी सङ्गठनहरूले अपिल गरेका छन् ।
    २०७९ कात्तिक २८ गते संयुक्त अपिल जारी गर्दै उनीहरूले यस्तो आह्वान गरेका हुन् ।

    Advertisement

    आगामी निर्वाचन देशलाई अघि बढाउने वा पछि धकेल्ने भन्ने विन्दुमा पुगेको बताउँदै उनीहरूले अपिलमा गठबन्धनको पक्षमा मतदान गर्दै देशलाई अगाडि बढाउन अपिल गरेका छन् ।

    अपिलमा अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतम, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिंह केसी, नेपाल बुद्धिजीवी सङगठनका संयोजक कृष्णराज केसी, नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) का अध्यक्ष लक्ष्मण कुँवर र प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेको हस्ताक्षर रहेको छ ।

    यस्तो छ अपिलको पूर्ण पाठ :
    “नेपालमा २००७ सालदेखि हालसम्म भएका न्याय, समानता र स्वतन्त्रता, जननिवार्चित संविधान सभाबाट संविधान बनाउने आन्दोलन, वीर सहिदहरूको त्याग, बलिदान र जनताको बलमा गणतन्त्र एवम् संविधानले व्यवस्था गरेको सङ्घीयता, समानुपातिक र समावेशी लोकतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको उन्नत संविधान निर्माण भएको हो । सो संविधानमाथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट बारम्बार आक्रमण गरियो । राष्ट्रपति जस्तो संविधानको संरक्षण गर्नुपर्ने सम्मानित संस्थाको नेतृत्वले तत्कालीन प्रधानमन्त्रीका असंवैधानिक कदमलाई समर्थन गर्ने काम भयो । जनताको सर्वोच्च संस्था प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेर प्रतिगमनको प्रदर्शन भएको घटना सर्वोच्च न्यायालयको दुईपटककै फैसलाले पुष्टि गरेको छ र तत्कालीन सरकारले विघटन गरेको जनप्रतिनिधि सभा पुनस्र्थापित भएको तथ्य जगजाहेर नै छ ।

    संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्यमान्यतामा गम्भीर प्रहार भएको र प्रतिगमनरूपी खतरा अझै हटिसकेको छैन । अहिलेको लोकतान्त्रिक वाम गठबन्धनको खिलाफमा बनेको प्रतिगामी तत्त्वको गठबन्धनबाट प्राप्त राजनीतिक उपलब्धि उल्ट्याउने कसरत भएको स्पष्ट नै छ । सोही प्रतिगमनलाई परास्त गर्न बनेको वाम–लोकतान्न्त्रिक गठबन्धन स्थानीय निकायको चुनावमा उपलब्धि प्राप्त गर्न सफल भयो । नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने र प्रतिगमनलाई परास्त गर्नेे, शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै देशलाई संवैधानिक एवम् लोकतान्त्रिक बाटोमा हिँडाउने गम्भीर जिम्मेवारी परिवर्तनकारी शक्तिहरूमा रहेको छ ।

    आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र सङ्घको निर्वाचनमा लोकतन्त्रको सम्बर्धन एवम् विकास र समृद्धिको यात्रा सबल बनाउन नेपाली जनताले पुनः एकता प्रदर्शन गर्नुपर्ने छ । नेपाली जनताको त्यो एकताको प्रदर्शन जसरी विस्तृत शान्तिसम्झौता र संविधान जारी गर्दा भएको थियो, त्यसैगरी आउने मङ्सिर ४ गतेको निर्वाचनमा पनि नेपाली जनताले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाउनुपर्ने छ । गठबन्धनको विजयले प्रतिगामी र अवसरवादी तत्त्वहरू पराजित हुने छन् र राजनीतिक स्थायित्व स्थापित भई विकास र समृद्धिको नयाँ मार्ग खुल्ने छ ।

    यो निर्वाचन देशलाई पछाडि धकेल्ने हो वा देशलाई अगाडि लैजाने हो भन्ने जनमत सङ्ग्रह जस्तो हुँदै छ । नेपालमा जब जब निरङ्कुशता मौलाउँछ, तब तब दलहरू लोकतन्त्रको पक्षमा एकताबद्ध हुँदै आएको इतिहास छ । अहिले पनि हामी निरङ्कुशता विरुद्ध र लोकतन्त्रका पक्षमा एकजुट भई संविधान र लोकतन्त्र दिगो हुने अवस्था नहुँदासम्म लोकतान्त्रिक वाम गठबन्धन जारी रहनु आवश्यक छ र यही आधारमा देशलाई कुनै पनि दुर्घटनाबाट जोगाउन सकिन्छ ।

    आदरणीय सम्पूर्ण बौद्धिक समुदाय र पेसाकर्मी मित्रहरू, एकताबद्ध भई प्रगति र परिवर्तन, न्याय र समानता, लोकतन्त्र र समावेशिताको पक्षमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन हार्दिक अपिल गर्दछौँ ।”

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.