कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले बेल्डाडी गाउँपालिकाको चवन्नी बजारमा चुनावी सभा गरेको छ ।
आगामी मंसिर ४ गते हुन गैरहेको र प्रतिनिधि सभा र प्रदेश सभा निर्वानको प्रचार अभियान अन्तर्गत चवन्नी बजारमा सभाको आयोजना गरेको हो ।
सभालाई राजमो प्रदेश सचिव राजाराम चौधरी, जिल्ला अध्यक्ष राम बहादुर कार्की, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडू, प्रदेश सभा समानुपातिक उम्मेदवार जनक कुँवर लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
सभाको सञ्चालन रंग बहादुर चौधरी, अध्यक्षता प्रचार समितिका संयोजक अन्तराम चौधरी र स्वागत राजमो नेता कमल साहुले गर्नुभएको थियो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार कलावती चौधरी र सुस्मिता चौधरीको पनि आथित्यता रहेको थियो। कञ्चनपुरमा राजमोले समानुपातिक उम्मेदवारलाई जिताउन जिल्लाका विभिन्न स्थानमा प्रचार प्रसार अभियान सञ्चालन गरिरहेको छ ।
