काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई धरानका मेयर हर्क साम्पाङले ‘गफाडी’ को संज्ञा दिएका छन् ।
Advertisement
ओलीले कोसीको पानी ल्याउने भाषण गरेपछि हर्कले ओलीप्रति तीखो कटाक्ष गरेका हुन् । उनले कोसीको पानी ओलीले नभइ आफैँले ल्याउने दाबी पनि गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ओलीप्रति तीखो टिप्पणी गर्दै हर्कले लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ । म ल्याउँछु पानी कोशीको । धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’
ओलीले धरानमा चुनावी सभाका क्रममा शुक्रबार आफ्नो सरकार बने कोसीको पानी ल्याउने बताएपछि हर्कको यस्तो भनाई आएको हो ।