दिनेस रैदास, दाङ ।
प्युठानको माण्डवी गाउँपालिका– ४ का यामबहादुर राना आफ्नै पार्टी राष्ट्रिय जनमोर्चामा फर्किनु भएको छ ।
Advertisement
राजमोका स्थानीय नेता राना स्थानीय चुनावको केही महिनाअघि एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेले मंसिर ४ को निर्वाचनमा पूर्वपञ्चहरुसँग चुनावी तालमेल गरेकोले त्यहाँ बसिरहन उचित नलागेर राष्ट्रिय जनमोर्चामा फर्किएको बताउनुभयो ।
एमालेले संविधान मिचेर जननिर्वाचित संसद २–२ पटक विघटन गरेको र पूर्वपञ्चसँग साँठगाँठ गर्नुले एमाले प्रतिगमनतर्फ लागेको प्रष्ट भएको उहाँको भनाई छ ।
राष्ट्रिय जनमोर्चा नै सच्चा अग्रगामी शक्ति भएकोले पुनः आफ्नै पार्टी राजमोमा फर्केको उहाँले बताउनु भयो ।
रानालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार सुरेश थापाले एक संक्षिप्त कार्यक्रममा पार्टीको सदस्यता दिई स्वागत गर्नुभयो ।